राष्ट्रपति र प्रधानमन्त्रीबीच शितल निवासमा भेटवार्ता

काठमाडौँ ,३० भदौ २०८०ः

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा उहाहरुबीच भेटवार्ता भएकाे हाे ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!