मध्यपुर थिमि चपाचो, भाद्र ३१, २०८०ः
रत्न काजि प्रजापति
थिमि भैलः चपाच्व २०८० का देबगण र भैलः गुरुहरु सम्मानित हुनुभएको छ। थिमि भैलः चपाच्व २०८० को आज आयोजित सम्मान तथा समापन कार्यक्रममा उहाहरु सम्मानित हुनु भएको हो। मध्यपुर थिमि नगरपालिका वडा न ६ चपाचोमा आयोजित बिशेष कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजय श्रेष्ठले उहाहरुलाई सम्मान गर्नु भएको हो।


करिब ३२ बर्ष पछि चपाचो टोलबाट प्रदर्शन गरिएको भैलः नाचमा सम्मानित हुनु हुने देबगणहरुमा ज्यापुन्गचा सरगत प्रजापति, न्हापा भैलः श्याम प्रजापति, लिपा भैलः साजन प्रजापति, न्हापा दांगि निरज प्रजापति अनि लिपा दांगि नयन प्रजापति रहेका छन।

सम्मानित हुनु हुने भैलः गुरु हरुमा सन्त बहादुर प्रजापति, तेज कुमार प्रजापति, हर्ष बहादुर प्रजापति, गणेश मान प्रजापति, मोहन कृष्ण प्रजापति, बिष्णु बहादुर प्रजापति र तेज बहादुर प्रजापति रहेका छन।
