२४ औ स्थापना दिबस भब्य रुपमा मनाईयो
मध्यपुर थिमि, असोज २, २०८०ः
रत्न काजि प्रजापति
मध्यपुर थिमिका २८ जना कर्मठ युवाहरुले २०५७ सालमा स्थापना गरेको बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड उपत्यकाकै उत्कृष्ट सहकारीको रुपमा आफ्नो परिचय बनाउन सफल भएको छ। मध्यपुर थिमिका बिभिन्न क्षेत्रका प्रतिस्ठित कर्मठ युवाहरु मिलेर जम्मा ७ लाख पुंजीबाट शुरु भएको सहकारी आज करिब पाचं हजार पांच सय ५१ जना शेयर सदस्यको कुल १३ करोड ५० लाख शेयर पुंजि सहित कुल १ अरब ९२ करोड ८० लाख १० हजार ७ सय १९ रुपियाको कुल कारोबार गर्न सफल भएको छ। आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिको लागि सहकारिताको भावनालाई जगाऊ भन्ने मुल नारा बोकेको मध्यपुर थिमिकै अब्बल सहकारी बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४ औ स्थापना दिबस आज भब्य रुपमा मनाएको छ।
स्थानिय शंखधर पार्टी प्यालेसमा आयोजित स्थापना दिबसको कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष तुइलाल श्रेष्ठले स्थानिय बासिन्दाको छरिएर रहेको पुंजि संकलन गरी उहाहरुको आर्थिक बिकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित सहकारी सम्पुर्ण शेयर सदस्य एब बचतकर्ताहरुको माया, बिश्वास र भरोसाको कारण आजको अबस्थामा पुगेको बताउनु भयो। २०५७ सालमा मध्यपुर थिमिको शंखधर चोकमा स्थापित बाह्य ब्यक्तिहरुको बाहुल्यता रहेको फ्युचर सहकारीले स्थानिय बचतकर्ताहरुको बचत खाएर भागे पछि स्थानिय युवाहरुको पहलमा बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालनमा आएको जानकारी दिनु हुदै उहाले त्यो बेलाको आर्थिक समस्यालाई चिर्दै बालकुमारी साकोसले एउटा उदाहरण प्रस्तुत गरेको बताए।अध्यक्ष श्रेष्ठलेआहिलेको बिषम परिस्थितिमा समुदायमा आधारित सहकारीहरुमा कारोबार गरेमा बचतकर्ताहरु सुरक्षित रहेने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सहकारीलाई आजको अबस्था सम्म ल्याई पुर्याउन योगदान दिनु हुने पुर्ब अध्यक्षहरु जिबन हरी श्रेष्ठ, पन्च कृष्ण श्रेष्ठ, जगत कृष्ण श्रेष्ठ र शिवहरी श्रेष्ठ तथा उहाको टिमलाई बिशेष धन्यबाद दिनु हुदै बालकुमारी साकोसमा बचतकर्ताहरुको बचत सुरक्षित रहेको तथा माग अनुसार बचत फिर्ता गरिरहेको बताउनु भयो।
बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत थुप्रै कामहरु गरेको जानकारी दिनु हुदै अध्यक्ष श्रेष्ठले बालकुमारी बिष्णुबिर बन क्षेत्र अन्तर्गतको बनदेवी मन्दिरमा पाटीको निर्माण, बिष्णुबिर क्षेत्रमा बृक्षरोपण, मध्यपुर क्षेत्रमै पहिलो शबबाहनको ब्यबस्था, लायकु भैल तथा स्थानिय भजन खलहरुलाई सहयोग गरेको बताउनु भयो।
बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई रास्ट्रिय सहकारी बैकले उत्कृष्ट सहकारी, डिभिजन सहकारी कार्यालयले भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी, जिल्ला सहकारी संघले उत्कृष्ट सहकारी एब उत्कृष्ट अध्यक्ष, भक्तपुर जिल्ला बचतले उत्कृष्ट सहकारीको रुपमा सम्मान एब पुरस्क़्र्त गरेको बताउदै अध्यक्ष श्रेष्ठले यो सबै शेयर सदस्य तथा बचतकर्ताहरुको माया र बिश्वासकै कारण सम्भव भएको बताए।
सहकारीलाई अझै उत्कृष्ट र गतिशिल बनाई राख्न बितिय साक्षरता कार्यक्रम, तालिम तथा स्वास्थ्य शिबिर जस्ता कार्यक्रमहरु निरन्तर संचालनमा रहेको भन्दै उहाले सहकारीहरु समस्या ग्रस्त हुदा बचतकर्ताहरु बचत फिर्ता नपाएर समस्यामा परेको भन्दै समुदायमा आधारित सहकारी एन अनुसार चलेका सहकारीहरु समस्यामा नरहेको बताए।
नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त स्थापना दिबस कार्यक्र्मको संचालन साकोसका सचिब पृथ्बीराम श्रेष्टले गरेका थिेए।
