ललितपुर उद्योग बाणिज्य संघको ४४औ साधारण सभाः रुपकमान महर्जनको अध्यक्षतामा प्यानल उम्मेदबारी घोषणा

हामि कालो बादलमा रहेको चांदीको घेराको पहिचान गर्न सक्षम र अभ्यस्त छौ ः महर्जन

ललितपुर, असोज ४, २०८०ः
रत्न काजि प्रजापति

ललितपुर उद्योग बाणिज्य संघको आसन्न ४४औ साधारण सभा र कार्यसमिति निर्वाचनको लागि रुपकमान महर्जनले आफ्नो अध्यक्षतामा प्यानल उम्मेदबारीको घोषणा गरेको छ। आज एक पत्रकार सम्मेलन मार्फत महर्जनले अध्यक्षमा आफु सहित २२ जनाको प्यानल सहित उम्मेदबारीको घोषणा गरेका हुन।

बिगत ५५ बर्षदेखि उद्योगी ब्यबसायीहरुको प्रबर्द्दनमा अत्यन्तै सार्थक भुमिका खेल्दै आएको ललितपुर उद्योग बाणिज्य संघको अग्रजहरुको बिरासतलाई कायम राख्दैअझ प्रभाबकारी रुपमा संस्थाको बिकास गर्ने बिश्वास र बाचाका साथ आसन्न निर्वाचनमा आफ्नो नेतृत्वमा प्यानल उम्मेदबारी दर्ता गरेको महर्जनले बताउनु भयो।

बिश्वब्यापी आर्थिक मन्दी र देश भित्रकै समेत असहज औद्योगिक र ब्याबसायिक बाताबरणको कारण उद्योगी ब्यबसायीहरुले अत्यन्त कठिन संघर्ष गर्नु परेको यो चरम निराशाको बाताबरणमा पनि आफुहरु हरेक चुनौतिहरुलाई उपलब्धिमा परिणत गर्न सक्ने कुरामा पुर्ण रुपमा बिश्वस्त रहेको महर्जनले बताए। आर्थिक बिकासको आधारः उद्योगमैती नीति र प्रबिधियुक्त पुर्वाधार भन्ने नारा सहित पत्रकार सम्मेलनमा समृद्द उद्योग बाणिज्य संघका ५ आधार अनि २२ बुदे प्रतिबद्द्ता पनि प्रस्तुत गरिएको थियो।

जसमा एक स्थानिय तहमा एक उद्योगग्राम स्थापना, एकिकृत स्थानिय आर्थिक बिकास कार्यक्रम,रैथाने सिपमा आधारित ब्यबसायहरुको ब्यबस्थित ढ़ंगले बिकास गर्ने, साना तथा मझौला उद्योगहरुको प्रबर्द्दन गर्ने, क़्र्षिको बिबिधिकरणमा जोड दिने,पर्यटकिय क्षेत्रको पहिचान गरी बिकास गर्ने, ललितपुर गौरब बिशेष उद्यम घोषणा गरी ब्यापार प्रबर्द्द्नमा सहयोग गर्ने लागायतका प्रतिबद्दताहरु उल्लेख गरिएको छ।

आज प्रस्तुत गरिएको प्यानल उ्म्मेदबारी अनुसार अध्यक्षमा रुपकमान महर्जन छन भने बरिष्ठ उपाध्यक्षमा सुसन महर्जन, उद्योग उपाध्यक्षमा सुरज बज्राचार्य, बाणिज्य उपाध्यक्षमा सुनिल शाक्य, संस्थागत उपाध्यक्षमा रमेश सिंह महर्जन, महासचिबमा महेश श्रेष्ठ र कोषाध्यक्षमा राजु महर्जन हुनु हुन्छ।

त्यसैगरी उद्योग तर्फको सदस्यहरुमा अनिल महर्जन,आशिष शाक्य, गुण केशरी ताम्राकार, संघ रत्न डंगोल, सबुता नहर्जन र सदिक्षा डंगोल रहेका छन।
बाणिज्य तर्फका सदस्यहरुमा प्रेम काजि शाक्य, बिक्रम बज्राचार्य, महेश्वर ला खोसीं, राजेन्द्र लाल तामाङ्ग, लक्ष्मी कृष्ण श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ र सुरज महर्जन रहनु भएको छ।

संस्थागत सदस्य तर्फको सदस्यमा पुर्ण महर्जन तथा एसोसियट तर्फको सदस्यमा रबि महर्जन रहनु भएको छ।

एसोसियट तर्फको सदस्यमा रबि महर्जन भने अहिले नै निर्बिरोध निर्वाचित भै सक्नु भएको छ।

ललितपुर उद्योग बाणिज्य संघको ४४औ साधारण सभा यहि असोज १९ र २० गते हुदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!