आज असोज १८ गते स्वर्गीय नारायण गोपालको ८५औं जन्म जयन्ती । वहाँ प्रति हार्दिन श्रद्धासुमन ।
१९९६ साल असोज १८ गते काठमाडौको किलागलमा जन्मनु भएका नारायण गाेपाल नेपालको सर्वाधिक चर्चित गायकमा पर्नुहुन्छ । वहाले गाउनु भएको सबै गीत श्रोताका प्रिय नै रहे । पाकिस्तानी गजल गायक मेहंदी हसनको गजल निकै मन पराउने वहाँले युवा समयमा आफुलाई स्याडो पहलमान भन्न रूचाउनु हुन्थ्यो भने साथीहरु असनको सांढे भन्ने गर्दथे । २०२१ काे चैतमा दार्जिलिङको महाकांल डाॅडामा मकलको आगोमा हात राख्दै इश्वर बल्लभलाई साक्षी राखेर गोपाल योञ्जनसंग मित लगाएका थिए ।
मीत लगाए पछि वहाँहरुले मीतज्यू नाईटको कार्यक्रम काठमाडौँदेखि दार्जिलिङसम्म भव्य रुपमा सफल गराउनु भएको थियो । यसैबिच बिराटनगरमा नगेन्द्र थापाको घरमा बस्दा वहाँको आमाले नारायण गोपाललाई घ्यू धेरै मन पराएकोले घ्यू कुमार र गोपाल योञ्जनलाई पिरो मन पराएकोले खोर्सानी कुमार नाम राखि दिनुभएको थियो।

आफ्ना प्रशंसक दार्जिलिङ सुकिया पाेखरीकी पेमाला लामासंग २०२७ सालमा बिहे गर्नु भए पछि परिवारको अस्विकृति भए पछि भूपी शेरचनले पाेखरामा बोलाउनु भएको थियो । भूपी शेरचनको अनुरोधमा वहाँ कै घरमा बस्नुभयो । पोखरामा नारायण गोपाल तथा पेमालाको दिन कठिनसंग बित्न थालेको थियो । नारायण गाेपालले अमर सिंह मा. वि. मा संगीत पढाउन थाल्नुभयो भने पेमालाले रत्न राज्य लक्ष्मी कन्या मा.वि. हाेम साइन्स पढाउन थाल्नुभयो । ५-६ महिनाको बसाई पछि पोखरामा बस्न कठिन भएपछि काठमाडाै नै फर्कनु भयो । साथीहरुको सहयोगमा नारायण गोपालले नाचघरमा जागीर पाउनुभयो भने पेमालाले भारतीय एउटा जीवन विमा कम्पनीमा जागीर पाउनुभयो । दुख कष्टले ८-९ वर्ष पछि महाराजगञ्जस्थित भूतबंगला छेउ तीन रोपनी जग्गा किन्नु भएर आफ्नै घर बनाउनु भयो । तर किलागलको पुर्ख्यौली घरमा फर्केर भने जानु भएन ।
मेरो सौभाग्य मैले वहाँको थुप्रै कार्यक्रम हेर्ने सुअवसर पाए । काठमाडौँमा भएको स्वर्णीम साँझ तथा वहाँको अन्य एकल र मह जोडीको साथको कार्यक्रमहरु हेर्न पाएँ ।
वहाँको मृत्यु २०४७ साल मंसीर १९ गते वीर अस्पतालमा हुन पुग्यो । वहाँको अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लगायत थुप्रै राजनेता, कलाकर्मीहरु तथा हजारौं प्रशंसक आर्यघाट पुग्नु भएको थियो ।
२०४३ सालको कार्तिकमा राष्ट्रिय नाचघरमा भएको एकल गायन कार्यक्रमको पोष्टर
