सहकारीको रकम हिनामिना गरेको अभियोगमा देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चौलागाई पक्राउ

काठमाडौं, असोज १८, २०८०ः
सहकारीको रकम हिनामिना गरको अभियोगमा देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-६ वतन भएका ३९ वर्षीय रविन्द्र चौलागाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त सहकारीका संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वास दिलाई बचतकर्ताहरुले जम्मा गरेको ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रूपैयाँको बचत पटक-पटक ताकेता गर्दा साँवा, ब्याज फिर्ता नदिएको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!