नेपाल पर्यटन बोर्ड ÷एसटीएलआरपी) लाई प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अबार्ड –२०२३ प्राप्त

काठमांडौ, असोज १९, २०८०ः
शकुन्तला राना

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित जीविकोपार्जन पुनःउत्थानकालागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अबार्ड –२०२३ प्राप्त गरेको छ । पर्यटनका माध्यमबाट महिला शसक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि (Woman Empowerment initiative) प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) ले नेपाल पर्यटन बोर्ड ÷एसटीएलआरपीलाई पाटा गोल्ड अबार्ड २०२३ पदान गरेको हो ।

नयाँ दिल्लीमा आयोजित पाटा टार्वल मार्ट २०२३ को कार्यक्रममा अवसरमा पाटा इन्टरनेशनलका अध्यक्ष पिटर सिमोनले उक्त अर्बाड प्रदान गर्नु भएको थियो । सन् १९९५ बाट शुरु भएको यो अबार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरुलाई विभिन्न विधामा प्रदान गरिएको छ ।

एसटीएलआरपी परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सि विधा अन्र्तगत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै २०२३ मा पनि पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो । पाटा अबार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामको मूल्याङ्कन भएको र बोर्डलाई थपकार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)तथा परियोजनाका राष्ट्रिय निर्देशक डा.धनञ्जय रेग्मीले बताउनु भयो ।

‘हामीले कोभिडको असरसंगै पर्यटकहरुको उद्धार देखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरु निरन्तर गर्दै आइरहेका छौं । हामीले गरेका कामहरुले मुल्याङ्कन गर्दै निरन्तर विभिन्न अन्तरराष्ट्रिय अबार्डहरु प्राप्त गरेका छौं । यसले हामीलाई थप कार्य गर्न प्रोत्साहन मिलेको छ । ’डा. रेग्मीले भन्नुभयो । यस्तै पर्यटकको खोज तथा उद्दारमा खोजमा गरेको योगदानको कदर स्वरुप पनि बोर्डले विभिन्न राजदुतावास तथा अन्तरराष्ट्रिय संस्थाहरुबाट सम्मानप्राप्त गरेको थियो ।

बोर्ड तथा एसटीएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यस अन्र्तगत महिलाहरुका लागि रिभर गाईड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि टे्रकिङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसंग सम्बन्धित विभिन्न विधाका गाइड म्यानुएलहरु तयार गर्दै आइरहेको छ । परियोजनाले अहिलेसम्म करिब एक हजार महीलाहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!