काठमांडौ, असोज १९,२०८०ः
ईन्टरनेटको दुरुपयोग गरी बिभिन्न बेटिङ्ग खेलाउने पिन्टु कुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका निज पिन्टुले ईन्टरनेटको दुरुपयोग गरी 1xbet, Melbet Org, www3888, Rupee bet, Sky Change, Bally’s bet, Khel Win, Indio24bet, kngem88 जस्ता Website हरुको URL Internet, Intranet, Virtual Private Network को public, private, static, dynamic. IP Address बाट संचालन गरी Participate User Admin हरुलाई Online बाटै User ID/Password Create Form Submit गर्न लगाई User हरुलाई Participate गराई बिभिन्न बैंक खाताहरुमा रकम जम्मा गर्न लगाई Online जुवा, सट्टाबाजी जस्ता Online Game हरु खेली/खेलाई Participate User हरुले नेपाल राष्ट्र बैंकको नियम बिपरित गैरकानुनी रुपमा रु २४,१५,१७१३८ (अक्षेरुपी चौबिस करोड पन्ध्र लाख सत्र हजार एक सय अठतिस) बराबर रकमको कारोबार गरेको पाईएको छ।
झापा जिल्ला दमक नगरपालिका वडा नं.१२ घर भएका बर्ष ३० को पिन्टु कुमार साहलाई पक्राउ गरी (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौमा पठाईएको प्रहरीले जनाएको छ।
