बिश्वमै दुर्लभ यो जात्रालाई गिनिज बुक अफ वोल्ड रिकर्डमा दर्ता गर्न पहल गर्न सम्बन्धित निकाय समक्ष अनुरोध
मध्यपुर थिमि, असोज १९, २०८०ः
रत्न काजि प्रजापति
एतिहासिक एब पौराणिक जात्रा मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रामा दोश्रो पटक जिब्रो छेड्ने साहसिक सांस्कृतिक ब्यक्तित्व मध्यपुर थिमि वडा न ५ का बालकराम नानी श्रेष्ठलाई मध्यपुर पर्यटन बिकास समितिले आज सम्मान गरेको छ। स्थानिय चोडे टोलमा आयोजित सम्मान कार्यक्रममा श्रेष्ठलाई समितिका पदाधिकारीहरुले सम्मान गरेका थिए। समितिले उहाका साथसाथै जात्रा ब्यबस्थापन मुल समितिका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ र जात्रा ब्यबस्थापन उपसमितिका संयोजक श्याम हरी ध्याके लाई पनि सम्मान गरिएको समितिका सचिब शिब सुन्दर श्रेष्ठले जानकारी दिनु भयो।

यहि असोज १२ गते मध्यपुर थिमिको दिगु टोलमा बालकरामले दोश्रो पटक जिब्रो छेडाएका थिए। बिश्वमै दुर्लभ मानिएको मध्यपुर थिमिको जिब्रो छेड्ने यस बर्षको जात्रामा साहसिक एब सांस्कृतिक ब्यक्तित्व बालकराम नानी श्रेष्ठले करिब १ शताब्दि पछि भ्ये (महादिप) बोकेर पैदलै थिमि देखि पशुपति सम्म पुगेर पशुपतिनाथ र गुह्येश्वरीको दर्शन गर्नु भएको थियो। करिब ८ घण्टा भन्दा बढि समय सम्म जिब्रोमा सियो सहित माहादिप बोकेर पैदलै नगर परिक्रमा गरेका बालकरामको यो साहसिक कार्य बिश्वमै दुर्लभ मान्न सकिन्छ।


बालकरामको यो साहसिक कार्यको साक्षि बन्न एब उहालाई हौसला प्रदान गर्न संघिय संस्कृति मन्त्री सुदन किराति आफै मध्यपुर थिमिमा आउनु भएको थियो। साथै मन्त्री किरातिले पशुपति पुगेर सुनको चम्चाले चादिको कचौराको तेल बालकरामको छेडिएको जिब्रो्मा राखि दिएर मध्यपुर थिमिको संस्कृति प्रति उच्च सम्मान देखाएका थिए।

उक्त जिब्रो छेड्ने जात्राको मध्यपुर पर्यटन बिकास समितिले काठमांडौ उपत्यकाका बिभिन्न स्थानहरुमा रहेको डिस्प्ले बोर्ड मार्फत प्रत्यक्ष प्रशारण गरेको थियो।

PC : Bijay Shrestha