प्रधानमन्त्रिलाई संसदको प्रचण्ड बहुमत

भक्तपुर, २६ पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ससदमा बिश्वासको मत प्राप्त गरेका छन। सासदमा उपस्थित कुल २७० सासद मध्ये २६८ सासदको मत प्राप्त भएको हो। प्रधानमन्त्रि्ले नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी बाहेक सबैको बिश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये उपस्थित २७० मध्ये २६८ जनाले मतदान गरेका छन् । मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत र सभामुख तथा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा सहित चार जना मतदानमा सहभागि भएनन भने टेक बहादुर गुरुङ निलम्बनमा परेका सभासद हुन।

सत्ता साझेदार दल सहित सबै राष्ट्रिय दलको साथै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि उनलाई बिश्वासको मत दिएका छन् ।
विश्वासको मत प्राप्त भएपछि यस्ले आफूलाई गौरवान्वित बनाएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । सबै जातजाति, भाषाभाषीको रक्षाका लागि आन्दोलन गरेको स्मरण गर्दै उनले संसदले आफूमाथि बिस्वास गर्दा न्यायको महसुस भएको प्रतिक्रिया दिए ।

उनले आफूलाई प्राप्त मतप्रति न्याय गर्न सकुँला नसकुँला भन्ने चिन्ता भएको भन्दै पूर्ण इमान्दारी साथ् संसदको भावना प्रतिनिधित्व गर्ने प्रतिवद्धता समेत प्रकट गरे ।

PC: Ratna Shrestha (RSS)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!