चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन सम्पन्न

भक्तपुर, पुष २६, २०७९ः
रत्न काजि प्रजापति

चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनले आर्थिक वर्ष २०७९/८० को संशोधिन नीति तथा कार्यक्रमलाई संसोधन गर्दै सम्पन्न पारित गरेको छ । सोहि अधिबेशनबाट नगरपालिकाको अर्धवार्षिक समिक्षा समेत सर्वसम्मतले पारित गरेको छ ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सञ्चालन गरेको सभामा उपप्रमुख रमेश बुढाथोकीले आर्थिक वर्ष २०७९/८० को संशोधित नीति तथा कार्यक्रम र अर्धबार्षिक समिक्षा प्रस्तुत गरेका थिए। उपप्रमुख बुढाथोकीले नगरपालिकाको प्रस्तावित योजना ५ सय ३० वटा रहेकोमा हालसम्म २ सय २ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा पुगेको जानकारी गराएका छन् । उपभोक्ता समिति मार्फत् एक सय ७५ र ठेक्का प्रक्रियामार्फत २७ वटा योजनाहरु सम्झौता भई काम शुरु भएको उनले जानकारी गराए ।

सभामा उपप्रमुखको प्रतिवेदन वाचन गर्दै वडा नं. ५ का वडाअध्यक्ष जयन्द्र खड्काले नगरपालिकाको उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत् सार्वजनिक निर्माण सम्बन्धी कार्यविधि २०७९ कार्यपालिकाबाट २०७९ भदौ २६ मा स्वीकृत भई कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

नगरसभामा आय तथा ब्यय बिबरण, शिक्षा तथा खेलकुद, महिला शशक्तीकरण/ बालवालिका तथा अन्य लक्षित कार्यक्रम, संघसंस्था समन्वय परिचालन, सामाजिक सुरक्षा भता वितरण, घटना दर्ता वितरण, स्वास्थ्य, सूचना प्रविधि, खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम, सहकारी, पशुपंक्षी सेवा, कृषि बिकास सेवा, भौतिक पुर्वाधार बिकास, शहरी विकास तथा भबन निर्माण, रोजगार सेवा केन्द्र, न्यायिक समिति लगायतका १५ उपशीर्षकहरुमा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा लेखा समितिको प्रतिवेदन वडा नं. ७ का वडाअध्यक्ष धनबहादुर लामा, नगरको सडक सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन वडा नं. ९ का वडाअध्यक्ष गणेश त्यात, शिक्षा ऐन संशोधन वडा नं. ८ का वडाअध्यक्ष जनक खत्री, नगरको आर्थिक विधेयकमा राजश्व सम्बन्धी शिर्षक थप गर्ने सम्बन्धी प्रस्ताव कार्यपालिका सदस्य भारतीले प्रस्तुत गरेका थिए। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!