काठमाडौं, असोज २३ गते ः
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ। यही असोज २६ गतेदेखि नेपाल भ्रमण गर्ने तय भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण स्थगित भएको हो । उहाँ ४ दिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासचिवको शुक्रबारबाट हुने भनेको नेपाल भ्रमण स्थगित भएको र भ्रमणको अर्को मिति छिट्टै नै तय हुने जानकारी दिनुभयो ।
भ्रमणका क्रममा महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू र अन्य विशिष्ट अधिकारीहरूलाई भेट्ने तालिका रहेको थियो ।
गुटरेस जलवायु परिवर्तन र शान्ति प्रक्रियाका कामको सन्दर्भमा नेपाल भ्रमणमा आउन लाग्नु भएको थियो ।