आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

झापा, पुष २७, २०७९ः

आफ्नै श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको हत्या गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-९ खरबन्दी डेरा गरी बस्ने भोजपुर अरुण गाउँपालिका-१ घर भएका ३५ वर्षीय बिश्वराज घिसिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिश्वराजले खाना नपकाएको कारण झै-झगडा गरी आफ्नै श्रीमतीलाई लात्ती हान्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!