बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया, पुष २७, २०७९ः

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी राजापुर नगरपालिका-८ बस्ने धर्मराज जैसीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १२ लाख ९९ हजार ७ सय रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घर वतनबाटै लुकिछीपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!