समाजसेवी नरेश रन्जित राष्ट्रको लागि २ घन्टा अभियानको कार्यवाहक अध्यक्ष

भक्तपुर, असोज २५, २०८०ः
रत्न काजि प्रजापति

राष्ट्रको लागि २ घन्टा अभियानको कार्यबाहक अध्यक्षको जिम्मेबारी नरेश रन्जितलाई दिइएको छ। अभियानका अध्यक्ष मधु ढुङ्गेल बिदेश भ्रनणमा निस्किएका कारण उपाध्यक्ष रन्जितलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिईएको हो।

युवा समाजसेबीका रुपका परिचित अभियानका उपाध्यक्ष रन्जित बिभिन्न रोजगार मुलक ब्यबसायका साथ साथै राजनितिमा पनि उतिकै सक्रिय हुनु हुन्छ।

भक्तपुर जिल्लाबाट शुरु भएको राष्ट्रका लागि २ घण्टा अभियानले अरनिको राजमार्ग वरिपरिको हरियाली प्रवर्द्धन र वातावरण संरक्षण र सरसफाईमा केन्द्रित रहेर काम गर्दै आईरहेको छ। हप्ताको १ दिन २ घण्टा समाजको लागि दिन प्रेरित गर्ने यो अभियानका कारण हाल राजमार्ग वरिपरीको बातावरण निकै मनमोहक देखिएको छ। ३२ हप्ता पार गरिसकेको यो अभियानमा सयौ अभियन्ताहरु जोडि सक्नु भएको छ भने हजारौ स्वंयसेवकहरुले स्वतफुर्त रुपमा अभियानलाई सहयोग गरिरहेका छन।

राष्ट्रका लागि २ घण्टा अभियान भक्तपुर जिल्ला बाट शुरु भएको मौलिक अभियान हो र यसैलाई प्रेरणा मानेर अरु थुप्रै जि्ल्लाहरुमा पनि हरियाली प्रवर्द्धन र वातावरण संरक्षणका कार्यहरु भै रहेको कार्यबाहक अध्यक्ष रन्जितले बताए। भक्तपुर जिल्लामा यो अभियाम हरेक हप्ताको शनिबार बिहान शुरु हुने गर्दछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!