सिन्धुलीको हरीहरपूरगढी गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सम्पन्न

यस वर्ष लुम्बिनी र मधेश प्रदेशका जिल्लाहरुमा बन्ध्याकरण कार्यक्रम संचालन गर्ने : वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्याल

“समाउने, बन्ध्याकरण गर्ने, खोप लगाउने र छाड्ने ” पद्धति सामुदायीक कुकुर व्यवस्थापनको वैज्ञानिक पद्ति: डा. सुदिप रेग्मी

सिन्धुली, असोज २५, २०८०ः
रत्न काजि प्रजापति

सिधुली जिल्लाको हरीहरपूरगढी गाउँपालिकामा सामुदायिक कुकुरको निशुल्क बन्ध्याकरण शिविर सम्पन्न भएको छ। हरीहरपूरगढी गाउँपालिका, पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र सिन्धुलीको समन्वय तथा केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको प्राबिधिक सहकार्यमा उक्त शिबिर संचालन भएको थियो। उक्त शिबिरमा करिब एक सय ४१ सामुदायिक कुकुरहरुको निशुल्क बन्ध्याकरण गरि रेबिज रोग विरुद्धको खोप दिइएको थियो।

केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरबाट नौ जना विज्ञ सहितको टोली (जसमा डग क्याचर देखि प्राविधिक र चिकित्सक समेत) ले तीन दिनको अवधिमा १४१ कुकुरहरुको निशुल्क बन्ध्याकरण गरि रेबिज रोग विरुद्धको खोप दिइएको थियो।

हरीहरपूरगढी गाउँपालिकामा सामुदायिक कुकुरको संख्या बढ्दै गएको र किसानहरूको पशु चौपाया गाईभैँसी तथा बाख्रामा रेविजको प्रकोप देखापरेको र पशुधनको क्षति भएको कारण ्शिबिर संचालन गरेको पशु सेवा शाखा हरिहरपुर गढी गाउँपालिका का प्रमुख डा. निकास भोलनले बताउनु भयो। यस्तो शिबिरहरु्लाई आगामि बर्षमा पनि निरन्तरता दिईने डा भोलन ले बताए।

“नेपालले सन् २०३० सम्म कुकुरको टोकाईबाट हुने रेबिज रोग शून्य मा झार्ने अन्तराष्ट्रिय महाअभियान मा आफ्नो प्रतिबद्धता जनाएको छ। नेपालमा करिब ९९ प्रतिशत रेबिजको केस मानिसमा कुकुरको टोकाईबाट सर्ने गरेको पाइएको छ । विश्व पशु स्वास्थ्य संगठन (WOAH) ले “Catch, Neuter, Vaccinate, Return” अर्थात “समाउने, बन्ध्याकरण गर्ने, खोप लगाउने र छाड्ने ” पद्धति लाई सामुदायीक कुकुर व्यवस्थापनको वैज्ञानिक पद्धति मानेको छ।” शिबिरमा संलग्न केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. सुदिप रेग्मीले जानकारी दिनु भयो।

“विगतका वर्षहरुमा पनि केन्द्रीय रिफरल पशु चिकित्सालयबाट कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा बन्ध्याकरण कार्यक्रम सम्पन्न गरिएको र यस वर्ष लुम्बिनी र मधेश प्रदेशका जिल्लाहरुमा पनि शिबिर कार्यक्रम गर्ने तयारी गरिरहेको छौ। ” केन्द्रीय रिफरल पशु चिकित्सालयका वरिष्ठ पशु चिकित्सक डा. अर्जुन अर्यालले बताए।

PC : Dr Sudip Regmi

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!