उहाँले आँखा तन्काइतन्काई हेर्नुभो । खल्तीबाट चश्मा निकालेर पढ्नुभो र टक्क अडिनुभो । अन्तमा सुब्बासाबले ओठ लेप्राउँदै भन्नुभो, ‘अहँ तरीकै मिलेन, यो त कानूनभन्दा बाहिरको ।’
भोलिपल्ट राजधानीतिरको साइत । काम आजै भ्याउनुपर्ने थियो । सदरमुकाम कति धाइरहने ! तनावमै थिए, अचानक बाहिर एकजना लेखनदास भेटिए । उनैलाई भारी बिसाएँ। उनले भने, ‘आजै गर्नुपर्ने हो र ? मैले पासो परेर भने, ‘समस्याले बिन्ती गरेको हुँ, हजूर ।’
उनी भित्र पसे, बाहिर निस्किए । म सुब्बासाबको वरपर रहिरहें। कुरोले सकरात्मक मोड लियो । पाँच बजिसके पनि निर्बाध काम सम्पन्न भो ।
त्यसपछि फुरुङ्ग हुँदै हतारहतारमा बसपार्क पुगें । संयोगवशः सुब्बासाव र मेरो सिट एउटै । उहाँ अल्लि सर्माउनुभो र झ्यालतिर फर्कनुभो, तैपनि विनम्रपूर्वक हातले कोट्याउदै मैले सुब्बासावलाई भने, ‘ अघि अलिकति प्रसाद हाता पर्यो ? हजूर !’