नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पाख्रीन पुरस्कृत

काठमांडौ,२५ आश्विन २०८०ः

सिन्धुपाल्चोककी पत्रकार कमला पाख्रीन ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’बाट पुरस्कृत भएकी छिन् । नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघद्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई पुरस्कृत गरेका हुन् ।

पाख्रीन सिन्धुपाल्चोक जिल्लामा कान्तिपुर टेलिभिजनमा संवाददाताको रुपमा कार्यरत छिन् । नेजाको पहलमा स्थापित उक्त पुरस्कारबाट पुरस्कृत पाख्रिनले एक लाख एघार हजार नगद राशि सहित प्रमाणपत्र पाएकी छिन ।

उनीसँगै ‘सन्धान अनलाइन’मा सम्बद्ध जुम्लाकी दिलमाया शाही पनि पुरस्कृत भएकी थिइन् । पुरस्कृत पत्रकारलाई उपप्रधानमन्त्री श्रेष्ठ, महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार निर्मला आचार्य, नेजा अध्यक्ष सुरज भण्डारी लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!