भक्तपुर,पुष २९, २०७९ः
रत्न काजि प्रजापति
भक्तपुर उद्योग वाणिज्य संघको ३५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष गोल्छाले देशको अर्थतन्त्र बलियो बनाउन उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनु भयो। संस्कृति र पर्यटनको विकासले मात्रै देशको अर्थतन्त्र बलियो हुने कुरामा जोड दिदै उहाले स्थानीय उत्पादनलाई प्रर्वधन गर्न पर्यटन विकासमा ध्यान दिनुपर्ने भन्दै उनले नेपाल घुम्न आएका पर्यटकहरु भक्तपुर नघुमि नेपाल आएको महसुस गर्न नसकिने कुरा औल्याऊनु भयो ।

देशको अर्थतन्त्र जोगाउन लगानीको बातावरण सरकारले बनाउनुपर्ने उनको तर्क छ । गोल्छाले भने, “हामी सामाजिक दायित्वप्रति सचेत प्रतिस्पर्धी ब्यवसाय विकासका लागि प्रतिबध छौं” भन्ने नारा भक्तपुर उद्योग वाणिज्य संघको उद्घोष सान्दर्भिक भएको बताए ।
निर्यातमुखी अर्थतन्त्रको विकास गर्न पर्याप्त पूर्वाधार निर्माणमा जुत्न आग्रह गर्दै गोल्छाले विदेश गएका युवाहरुको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको देख्दा नेपाली उद्यमीहरुले देशको अर्थतन्त्रमा योगदान गर्न नसकेको अनुभूति गरेको जिकिर गरे ।

साधारण सभामा भक्तपुर जिल्लाका उत्कृष्ठ निर्यातकर्ता तथा व्यवसायीहरुलाई सम्मान गरिएको थियो। साथै भक्तपुर जिल्लाबाट निर्वाचित संघिय सांसदहरु मा दुर्लभ थापा, मा सन्तोष परियारलाई पनि सम्मान गरिएको थियो।
सभामा प्रमुख अतिथि गोल्छाले भक्तपुर उद्योग वाणिज्य संघको ३५ औं वार्षिक साधारण सभाको अवसरमा प्रकाशित उधोग बाणिज्य बुलेटिनको बिमोचन गर्नु भएको थियो। साथै भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट महानगरीय ट्राफिक प्रहरी कार्यालय कमलविनायक भक्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक ब्रजेशकुमार झालाई प्रिन्टर सहयोग वितरण गरेका थिए ।

संघका अध्यक्ष शिव प्रसाद मानन्धरको सभापतित्वमा आयोजित सधारण सभामा महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, बस्तुगततर्फका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र सम्मानित जनप्रतिनिधीहरुले उद्योग मैत्री वातावरण निर्माणकालागि व्यवसायीहरुले जोड दिनु पर्ने भन्दै आ आफ्नो धारणाहरु राखेका थिए ।
“हामी सामाजिक दायित्व प्रति सचेत प्रतिस्पर्धी ब्यवसाय विकासका लागि प्रतिबध छौं” भन्ने मुल नाराका साथ बि स २०२३ सालमा स्व गणेशभक्त साखको सक्रियतामा स्थानिय उधोग ब्यापारको हित,संरक्षण तथा प्रबर्धन गर्ने उद्देश्यले जिल्लाका ब्यापारिहरुको संलग्नतामा भएको थियो।