भक्तपुर ट्रक व्यवसायी संघको अध्यक्षमा लक्ष्मीप्रसाद गोरा सर्वसम्मत

भक्तपुर , असोज २९, २०८०ः

भक्तपुर ट्रक व्यवसायी संघको अध्यक्षमा पुनः लक्ष्मीप्रसाद गोरा ्निर्बिरोध निर्वाचित भएका छन् । संघको आज भएको २२, २३ र २४ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनले गोराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा नातिभाइ ह्योम्वा, सचिवमा जितेन्द्र खायमली, सहसचिबमा चन्द्रकृष्ण ग्वाछा, कोषाध्यक्षमा आशराम बैद्य र सहकोषाध्यक्षमा कमलनारायण धुख्वा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा नरेश गोठे, सानुकाजी चिकंबञ्जार, कृष्णप्रसाद प्रजापति, रत्नप्रसाद प्रजापति र लक्ष्मीप्रसाद छुस्याबाग सर्वसम्मत भएका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको प्रमुख आतिथ्यतामा उक्त कार्यक्र्म सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!