योगदान साकोसको २२ औं बार्षिक सधारण सभा सम्पन्न

राम चन्द्र प्रजापति
भक्तपुर, असोज ३० ।

एकको लागि सबै सबैको लागि योगदान ´´ भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरको संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुको सभापतित्वमा २२ औं बार्षिक साधारणसभा सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथि संस्थाका पूर्व सल्लाहकार  जेष्ठ नागरिक राज कुमार प्रजापतिज्युले पानसमा दीप प्रज्ज्वलित गरि उद्घाटन गर्नु भयो।प्रमुख अतिथि प्रजापतिले पहिला सहकारी संस्था भनेको के हो? मलाई थाहा छैन ।करिव २५ बर्ष अधि मलाई सहकारीमा पैसा बचत गर्नु पर्‍यो भनी मेरो छोरोको साथी भक्तपुर  जेलां २ हाल ८ बस्ने उदय साकोसका संस्थापक सत्य नारायण प्रजापतिले पैसा बचत गर्न अनुरोध गरेको आज याद जिलायो।  हाल सम्म उहाँ माओवादीको जनयुद्धमा सत्य नारायण प्रजापति  बेपत्ताको लिस्टमा छ भने सुनेको छु। बचत गर्न प्रेरणा दिनु हुने बाबु सत्यनारायण प्रजापति बेपत्ताको कुराले मलाई दु:खद लागेको छ। त्यस्तै आज योगदान बचत तथा ऋण सहकारीको २२ औं  बार्षिक साधारण सभाको प्रमुख अतिथि भएर उभिन्न पाउँदा एकातिर खुशी पनि छु ।साथै उहाँले  साधारण सभाको सफलताको शुभ कामना  दिनु भयो।

कार्यक्रममा संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले योगदान सहकारी संस्थाले समुदायमा सहकारी संस्थाको माध्यमले आर्थिक सामाजिक  सास्कृतिक रुपमा समाज  बिकासमा अग्रनी भुमिका महत्वपूर्ण खेलेको  बताउनु भएको छ। स साना पुंजिलाई एकत्रित गरि थोरै लगानी धेरै प्रतिफल योगदान सहकारी संथाले दिइरहेको छ । ठुलो ठुलो भवन तथा जग्गा हुदैमा संस्थाले सदस्यको सेवा राम्रो दिएको हुन्छ भन्ने हुदैन।सदस्यलाई सहकारीको माध्यमले आर्थिक प्रगति दिनु नै संस्थाको दायित्व हो।भक्तपुरका सहकारी संस्थाका कतिपय सदस्यहरुको आर्थिक प्रगति भन्दा कमजोर हुँदै गएको पनि नभएको होइन संस्थाका सिमित व्यक्ति धनी हुँदै जाने र धेरै व्यक्ति गरिव हुँदै गएको पनि  पाइन्छ। तसर्थ त्यसो नहुनको लागि सदस्यहरुले संस्थाको बारेमा चासो दिनु पर्ने बताउनु भयो।त्यसैले सदस्यको सेवामुखी हुन संचालक समितिले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार राम चन्द्र प्रजापतिले करिव २६ बर्ष अघि बाल कला समुहका केही युवाहरु अग्रसरतामा रहि स्थापित  योगदान साकोस स्थापनाका सपनाहरु उद्देश्यलाई साकार पार्न महिला नेतृत्वले पूरा गरेको बताउनु भएको छ। सहकारी संस्थालाई सिमित व्यक्तिको नियन्त्रण राख्न सरकारले विभिन्न सहकारी नियन्त्रीत नीति नियम ल्याएको छ त्यस्ता नितिको विरुद्धमा सहकारीका अगुवा नेतृत्वले ध्यान दिनु पर्ने बताउनु भयो।

स सना पुजिलाई आर्थिक सामाजिक सांकृतिक रुपमा संस्थाले समाज बिकासमा योगदान पुर्‍याउन सफल संस्था योगदान सहकारी हो। तसर्थ सदस्यहरुको सदैब सेवा सुविधा आर्थिक पारदर्शिता सहकारीको सिद्धान्त मर्म र भावना अनुसार अगाडि बढन सकोस् भनि शुभकामना दिनु भयो।

त्यस्तै कार्यक्रममा संस्थाका उपाध्यक्ष राम प्रजापति ,लेखा सुपरिवेक्षण समितिका संयोजक प्रविण प्रजापति,प्रवन्धक सरस्वती प्रजापतिले संस्थाको बार्षिक कार्ययोजना र पाँच बर्षे कार्यक्रम अनुसार अगाडी बढीरहेको छ र आगामी दिनमा संस्थाको अझ प्रगतिको शुभकामना व्यक्त गर्नु भयो।

२२ औं बार्षिक साधारणसभाले लेखापरिकको लेखापरीक्षण प्रतिवेदन लेखा सुपरिवेक्षण समिती संयोजक प्रविण प्रजापति,सचिव कान्छी विति प्रजापति कोषाध्यक्ष आरती वासीले प्रस्स्तुत गर्नु भएको प्रतिवेदन पारित गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!