काठमांडौ, असोज ३०, २०८०ः
न्यायाधीश समाज, नेपालको अध्यक्षमा न्यायाधीश सपना मल्ल चुनिनु भएको छ।
आज काठमाडौँमा आयोजित भेलाले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
समाजको उपाध्यक्षमा सर्वोच्चकै न्यायाधीश तिलप्रसाद श्रेष्ठ चयन भएका छन् भने महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर चुनिएका छन्। सचिवमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिर ढकाल र कोषाध्यक्षमा उच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीश बालेन्द्र रुपाखेती छानिएका छन्।
सदस्यहरुमा राजेश्वर तिवारी (उच्च अदालत), तेजनारायणसिंह राई (उच्च अदालत), दुर्गा खड्का (जिल्ला अदालत) र शेखर पौडेल (पूर्वन्यायाधीश) निर्वाचित भएका छन्।