नेकपा (माओबादी केन्द्र) मध्यपुर थिमि नगर समितिको सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न

पुर्ब भुमि मन्त्री शशी श्रेष्ठ एब प्रदेश मुख्यमन्त्री जमर्कट्टेल लगायत दर्जनौ सम्मानित

मध्यपुर थिमि, कार्तिक ३, २०८०ः
रत्न काजि प्रजापति

नेकपा (माओबादी केन्द्र) मध्यपुर थिमि नगर समितिको आयोजनामा भएको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपालिहरुको महान चाड मोहनि नखः बिजया दशमी, दिपावली, नेपाल सम्बत र छठ पर्बको अबसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा निबर्तमान भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ एब बागमति प्रदेशका मुख्य मन्त्री माननिय शालिकराम जमर्कट्टेललाई बिशेष सम्मान गरिएको थियो।

निबर्तमान भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मध्यपुर थिमिका स्थानिय स्वबासीहरुले दशकौ देखि भोग्नु परिरहेको स्वबासी घर जग्गाको पुर्जा सम्बन्धी समस्या समाघान गर्नुका साथै नेपाल भरी रहेका भुमिहिनहरुको समस्या समाधानमा बिशेष पहल गरी समस्या हल गर्नको लागि उहाले देखाउनु भएको सक्रियताको कदर गर्दै उहालाई बिशेष सम्मान गरिएको हो।

त्यसैगरी बागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिलाउनु भएकोमा मुख्यमन्त्री माननिय शालिक राम जमर्कट्टेललाई पनि बिशेष सम्मान गरिएको हो।

उक्त सम्मान कार्यक्रममा मध्यपुर थिमि नगर क्षेत्र भित्र परम्परागत सांस्कृतिक कला, सम्पदा र संस्कृति संरक्षणमा सक्रिय दर्जन भन्दा बढी संस्था तथा ब्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो।

सम्मानित हुने संघसंस्था तथा ब्यक्तित्वहरुमा थिमि भैल चपाच्व, महाकाली नाच दिगु टोल,,थिमि गुंलाबाजा खल, कपालि समाज (लाखे नाच), नेवा एतिहासिक सांस्कृतिक भजन खल, नगदेश,, मानन्धर युवा समुह, चोडे, सिवा सायमि खलः, शिवाटोल, सिवासायमि खलः लायकु सा, भैल गुरु अर्जुन श्रेष्ठ, निराजन श्रेष्ठ, जिब्रो छेड्ने बालक राम नानिचा श्रेष्ठ,्कोटा गुरु बाबुकाजि भिदुवा श्रेष्ठ (मरणोप्रात्न), ताहानानि बासुरि खलः,पन्चरंगी भजन समुह, डा राम कृष्ण श्रेष्ठ,समाजसेवी कृष्ण लाल गोजा श्रेष्ठ, निलबाराही गण नाच लागायत रहेका छन।

सम्मानित संघ संस्था एब ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि एब बिशेष अतिथिले सम्मान गर्नु भएको थियो।

माओबादी केन्द्राका मध्यपुर थिमि नगर अध्यक्ष तथा नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रमको संचालन पार्टिका नगर सचिब शिब सुन्दर श्रेष्ठ्ले गरेको थियो।

PC: Sachin Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!