विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको तीन दिने साहित्य भ्रमण सम्पन्न

 

पौष ३० हेटौंडा ,

राम चन्द्र प्रजापति:

विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि भक्तपुरको  आयोजनामा भाषा साहित्य कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्न उपत्यका बाहिर के कस्तो अवस्था रहेकोछ भन्ने जानकार हुन तीन दिने मकवानपुर जिल्लाको चित्लाङ , पालुङ, हेटौंडा लगाएत विभिन्न ठाउँमा  साहित्यक अवलोकण भ्रमण सम्पन्न भयो। भ्रमणमा चित्लाङको  नेवा जाती बहुसंख्य भएको मकवानपुर जिल्ला चित्लाङ  कुन्चा गां ( कुन्छाल)वस्तीमा साहित्य गोष्ठी विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको अध्यक्षतामा  सम्पन्न भयो उक्त कार्यक्रममा कुन्चा गां का साहित्यकार विराट गुथिका साहित्यकारहरुले जनपक्षीय साहिय वाचन गर्नु भयो। साहित्य गोष्ठीका प्रमुख अतिथि  थाहा नगर पालिका उप मेयर भरत गोपाली ,समाजसेवी सानुकाजी गोपाली लगाएतले भाषा ,कला साहित्य संस्कृति वचाउन भक्तपुर र थाहा नगरपालिकाको अझ एक आपसी सहयोग आदान प्रदान गर्नु पर्ने जोड दिनु भयो।

साहित्य कार्यक्रमकै क्रममा मकवानपुर जिल्ला हेटौंडामा नेपाल भाषा खल: को सभाहलमा पनि साहित्य गोष्ठी सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी विराट गुठिका सल्लाहकारकार योगेन्द्र प्रधानले नेवा जाती राजनीतिक आर्थिक सांस्कृतिक भाषा साहित्य संरक्षण प्रवर्द्धन र विकास गर्न दक्षिण एसिया मै नेतृत्व गर्न सक्षम रहेको बताउनु भयो।

नेपाल भाषा खल:का अध्यक्ष मेहेश्वर श्रेष्ठ विराटका कोषाध्यक्ष राम गोपाल चगुठी प्रदिप शक्य लगाएतले आ आफ्नो धारण राख्नु भायो।

तीन दिने साहित्यक भ्रमणको लागि आर्थिक प्रायजन भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशीले वडाको बजेटले सहयोग गरेको विराटका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यले जानकारी गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!