पाल्पा जीप दुर्घटनाका ६ जना मृतकको खुल्यो पहिचान

पाल्पा, कात्तिक ५, २०८०ः

पाल्पाको तानसेन –१३ रानीमहल नजिकै जिप दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । आइतबार बेलुकी ५ बजेतिर भएको जिप दुर्घटनामा परी नवलपरासी जिल्ला देवचुली नगरपालिका –१६ रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, लम्जुङ् जिल्ला बेसीशहर नपा २ बस्ने ५५ वर्षीया चुना धिताल रहनुभएको छ ।

यस्तै, देवचुली नपा १६ की ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी र साढे दुई वर्षका इशव लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते चालक देवचुलीकै ३५ वर्षीय ईश्वर लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते लोहनीको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप सडकदेखि तल पहाडको खोचमा खसेको थियो । खोचमा खसेको जिप र घाइतेलाई उद्धारमा कठिनाइ भएको थियो । जिप के कसरी कारणले दुर्घटनामा परेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!