प्रधानमन्त्री प्रचण्ड परिवारले यो बर्ष टीका नलगाउने

काठमांडौ, कार्तिक ६, २०८०ः

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो वर्ष दसैँ टीका नलगाउने भएको छ। प्रधानमन्त्री प्रचण्ड पत्नी तथा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको गत असारमा निधन भएका कारण प्रधानमन्त्री परिवार यो वर्ष शोकमा छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भन्नुभयो, “यसपाली अन्य विशेष कार्यक्रम छैन । सामान्य भेटघाट हुन्छ”, यो वर्ष सामान्य पारिवारिक भेटघाट हुने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!