नेवाः देय् दबू पाटनको प्रथम साधारणसभा सम्पन्न

ललितपुर ।

कृष्ण प्रजापति:

नेवाः देय् दबू पाटनको पहिलो साधारणसभा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले पानसमा दीप प्रज्ज्वलित गरी उद्घाटन गर्नुभयो । सो समारोहमा वहाँले वरिष्ठ समाजसेवी मोतिलाल शिल्पकार लगायत साधारणसभा सम्पन्न गर्न आर्थिक सहयोग गर्नु हुने विभिन्न संघ संस्था र ब्यत्तिफ्हरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो । समारोहमा वहाँले नेवाः आन्दोलनले हामीलाई सदा सक्षम बनाइरहेको बताउनु हुँदै नेवाः जाति राजनीतिक रुपमा सचेत नभएका कारण पछि परेको बताउनु हुँदै अब पनि हामीले चाल पाउन सकेनौं भने अभफ् पछि पर्ने बतउनुभयो ।

नेवाः देय् दबू केन्द्रका सल्लाहकार डा. पुष्पराज राजकर्णिकारले काठमाडौं महानगरपालिकाले नेपालभाषालाई पनि खस् नेपाली सरह नै कामकाजको भाषाको रुपमा मान्यता प्रदान गरिसकेको तर महिताहरुले संविधानलाई अपब्याख्या गरी त्यसलाई निषेध गरेको बताउनु भयो । हाल सम्म पनि जातीय हक अधिकारको कुरो संविधानमा मात्रै सीमित रहेको बताउनु हुँदै वहाँले राजनीतिक अभ्यास विना अधिकार प्राप्त हुन्न भन्नु भयो । नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष उमेश स्थापितले देय् दबूको संगठनात्मक संरचना बारे बुभफउनु हुँदै नेवाः जाति विकास निर्माणको कार्यमा अग्रसर नभएका कारण उनीहरु बिस्थापित हुन पुगेको बताए ।

नेवाः देय् दबू पाटनका उपाध्यक्ष रविन्द्र शाक्यले स्वागत गरी प्रारम्भ गरेको साधारणसभा उद्घाटन समारोहमा ज्यापु महागुथि केन्द्रका उपाध्यक्ष अष्टमान महर्जन, नेवाः देय् दबू काठमाडौंका अध्यक्ष धनबहादुर महर्जन, नेवाः देय् दबू राष्टिय परिषद सदस्य शरणगोपाल डंगोल, वरिष्ठ समाजसेवी मोतिलाल शिल्पकार, नेपालभाषा मंकाः खलः पाटनका पूर्व अध्यक्ष ऋषिप्रसाद श्रेष्ठ र नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले शुभकामना मन्तब्य दिनु भएको थियो । सो समारोह सम्पन्न गर्न समाजसेवी मोतिलाल शिल्पकारले रु. २५ हजार नगद देय् दबू पाटनका अध्यक्ष हिराकाजी महर्जनलाई हस्तान्तरण गर्नु भयो । साधारणसभाले रविन्द्र शाक्यको अध्यक्षतामा नेवाः देय् दबू पाटन कार्यसमित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!