काठमाडौँ, कात्तिक २०:
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि २० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर विश्वकप टि २० मा चयन हुन सफल नेपाल क्रिकेट टिमलाई ५० लाख रुपियाँले पुरस्कृत गर्ने भएको छ ।
आठ राष्ट्र सहभागी एसिया छनोट प्रतियोगिताको फाइनलमा पुगेर नेपाल र ओमान सन् २०२४ मा हुने टि २० विश्वकपमा चयन भएका थिए ।
विश्वकप टि २० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले सन् २०१४ पछि टि २० विश्वकप खेल्दैछ ।
क्यानको सोमबार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।