चितवन, कार्तिक २२, २०८०ः
रत्न काजि प्रजपति
नेपाल कुखुरा व्यवसायी मञ्चको १५ औ साधारण सभा तथा नवौ अधिवेशन चितवनमा सम्पन्न भएको छ।
उक्त अधिबेशनले रघुनाथ भट्टको अध्यक्षतामा मञ्चको नया कार्यसमिति निर्वाचित गरेको छ। नबबिर्वाचित कार्य समितिको प्रथम उपाध्यक्षमा डा. रेवन्तकुमार भट्टराई, द्धित्तिय उपाध्यक्षमा कृष्णहरि लोहनी र तृतिय उपाध्यक्षमा रामकुमार चौहान निर्वाचित हुनु भएको छ। त्यसैगरी महासचिव ज्ञानवहादुर बिसुराल सचिवमा डा.विष्णुहरि शर्मा र कोषाध्यक्षमा हरिकृष्ण खनाल निर्वाचित हुनु भएको छ।
कार्यसमितिको बरिष्ठ सदस्यहरुमा मनोज रानाभाट, तेजनारायण पाण्डे, बिनोद पोखरेल, परशुराम अधिकारी र बालचन्द्र खनाल निर्वाचित हुनु भएको छ। त्यसैगरी कर्पोरेट सदस्यमा शिव पौडेल र सदस्यहरुमा दिपेश श्रेष्ठ, जर्नादन अधिकारी, तुलसीप्रसाद सुवेदी र सुदर्शन जोशी निर्वाचित हुनु भएको छ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टको प्रमुख आतिथ्यतामा प्रथम सत्र तथा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालको प्रमुख आतिथ्यता दोश्रो सत्र सम्पन्न भएको थियो। दुबै सत्रको सभापतित्व मन्चका अध्यक्ष श्री राजेन्द्र लामिछानेले गर्नु भएको थियो।
नेपाल कुखुरा व्यवसायी मन्च चितवनमा कृयाशिल पोल्ट्री सग सम्बन्धीत संघ संस्थाहरुको छाता संस्थाको रुपमा रहेको छ।


PC:Shib Baral