काठमाडौं, मंसिर १५, २०८०ः
रत्न काजि प्रजापति
नेपाल पशुपंछी औषधी ब्यवसायी संघका पुर्ब केन्द्रिय सदस्य सादुराम ढकाल (आशिष)ले संघको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा महासचिब पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको छ। आज नौलोआयाम डटकम संग कुरा गर्नु हुदै पुर्ब केन्द्रिय सदस्य ढकालले ्महासचिब पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको हो।
विगत लामो समय देखी वागमती शाखाको विभिन्न तह र तप्कामा रही शाखा अध्यक्षको भुमिका निर्वाह गरि सक्नु भएका ढकाल अत्यन्त लोकप्रिय मतका साथ केन्द्रिय सदस्य पदमा निर्वाचित सदस्य पनि हुनु हुन्छ । अग्रजहरुको सम्मान गर्दै दुई पटक सम्म केन्द्रिय महाधिबेशनमा आफ्नो उम्मेदवारी फिर्ता लिई संघमा एउटा उदाहरणिय त्याग गरेका ढकालले यसपटक भने महासचिबमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
आफ्नो पदिय जिम्वेवारी कुशलता पुर्बक निर्वाह गर्दै संघका हरेक गतिविधीमा सकृय रही कार्य गरेको अनुभव नै आफ्नो जितको आधार हो भन्नू हुँदै ढकालले भन्नू भयो; “आशन्न महाधिवेशनमा महासचिव पदमा व्यवसायीहरुले अत्यन्त लोकप्रिय मतका साथ मलाई विजयी गराउनु हुने छ ।”
“म निर्वाचित भएमा तमाम पेशागत समस्याहरुको कुशलतापुर्बक समाधानको पहल गर्ने र बोलीमा इमान्दारीता पूर्वक अहोरात्र खटिने प्रण भन्दा व्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गर्दछु।” ढकालले भन्नू भयो ।
नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवनमा हुन गैरहेको छ।
