भक्तपुर जिल्लाको नगरकोटमा नेपालकै लामो जिपलाइन सञ्चालनमा , नेपालको पर्यटन स्थानीय स्वामित्व सहितको हुनुपर्ने ः मन्त्री सुदन किराँती

भक्तपुर, मंसिर २९, २०८०ः

भक्तपुर जिल्लाको नगरकोटमा नेपालकै लामो जिपलाइन सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नगरकोट जिपलाइनको उद्घाटन गरेका छन। मन्त्री किराँतीले नेपालको पर्यटन स्थानीय स्वामित्वसहितको हुनुपर्ने बताउँदै जिपलाइन खुलेकोमा खुसी व्यक्त गरे।

‘मैले जहिले पनि नेपालको पर्यटन स्थानीय बासिन्दाको स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै आएको छु। नेपालको पर्यटन कल्चर, नेचर र एडभान्चर हो। यसरी विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाइन खुल्नु निकै राम्रो कुरा हो।’ ‘नेपालको पर्यटनले आङ्ग तन्काएको छ। जुन निकै राम्रो कुरा हो। यो जिपलाइनले पनि पर्यटन विकासमा टेवा पुर्याउनेछ।’ मन्त्री किराँतीले बताए।

२.२५० किलोमिटर लामो जिपलाइन भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको ६ र ७ वडामा अवस्थित छ। यो एसियाकै दोस्रो लामो जिपलाइन भएको निर्माणटिमको दाबी छ। ४ करोड लगानीमा निर्माण भएको यो जिपलाइनमा प्रतिव्यक्ति ४ हजार ५ सय टिकट रहेको छ।

साहसिक पर्यटन (एडभेन्चर टुरिज्म) अन्तर्गत पछिल्लो समय मुलुकमा जिपलाइन निर्माणको लहर बढिरहेको बेला नगरकोटमा हालसम्मकै सबैभन्दा लामो जिपलाइन सुरु गरिएको सञ्चालक केदार थापाले जानकारी दिए। सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्यका रूपमा जिपलाइन सञ्चालन गरिएको सञ्चालक थापाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!