भक्तपुरको नलिन्चोकबाट अवैध हतियार र लागूऔषधसहित २ जना पक्राउ


भक्तपुर, मंसिर २९, २०८०ः

सूर्यविनायक नगरपालिका-१० नलिन्चोकबाट अवैध हतियार र लागूऔषधसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट १ थान पेस्तोल, सोको गोली ५ राउण्ड, म्यागजिन २ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम बरामद भएको छ ।

पक्राउ पर्नेहरूमा इलाम इलाम नगरपालिका-१ बस्ने ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर कावासोती नगरपालिका-२ बस्ने ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ५ राउण्ड गोली र म्यागजीनसहितको पेस्तोल र उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उनीहरूलाई लागू‌औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!