उहिले सरस्वती पुजाको रौनक

सुनिल उलक…

हाम्रो हिन्दु धर्ममा एउटा आख्यान छ । भगवान विष्णुको अनुरोधमा ब्रम्हाले धेरै जीवजन्तु सिर्जना गरेपछि मनुष्यको पनि सिर्जना गरे । मनुष्य त सिर्जना भयो तर यसमा मन मस्तिष्क सोच वाणी केही पनि नहुदा विष्णु निकै चिन्तित हुदै ब्रम्हालाई गुनासो गरे । त्यसपछि ब्रम्हाले आफ्नो कमण्डलुबाट जल निकालेर पृथ्वीमा छर्के । अचानक धर्ति डगमगाउदै काँप्न थाल्यो र धर्तीबाट चार हात भएकी स्त्री प्रकट भयो । एउटा हातमा वीणा, अर्को हात वर मुद्रा, तेश्रो हातमा पुस्तक र चौथोमा माला लिएकी स्त्री प्रकट भएपछि ब्रम्हाले वीणा बजाउन अनुरोध गरे । जसै वीणा बज्यो मनुष्य बोल्न थाल्यो । तब ब्रम्हाले भन्यो यिनी वाणीकी देवी सरस्वती हुन् । यिनलाई पूजा गरे मात्र मनुष्यलाई बुद्धि, विवेक र विद्या प्राप्त हुनेछ ।

यहि ब्रम्हाले वीणा तथा पुस्तक बोकेकी सरस्वतीलाई श्रृष्ति गरेको दिनलाई नै हामी श्री पञ्चमी वा सरस्वती पूजा भन्ने गर्छौ र मनाउछौ । यसलाई वसन्त पञ्चमीको रूपमा वसन्त ऋतुको आगमनको खुशियालीको रूपमा पनि मनाउने गरिन्छ ।

यो त भयो आख्यानका कुरा, वाल्यकालमा हामी सरस्वती पूजाको बिहान सरस्वति मन्दिर वा कुनै पनि मन्दिर जान्थ्यौ । बिहान एक शव्द नबोली मन्दिर गएर पाँचवटा सङ्लो चामलको दाना दातले नछोइकन निल्थ्यौ र देवीको दर्शन गरेर घर फर्कन्थ्यौ । शायद हामीमा एउटा विश्वास थियो । सरस्वतीले हामीलाई वाणी, वुद्धि, विवेक एक साथ दिनेछ ।

आज सामाजिक रूपरेखा निकै बदलिसकेको छ । तस्विरमा देखिए झै सरस्वती पूजाको रौनक विद्यालयमा पाउन सकिन्न ।शायद कमै विद्यालयले उत्सवको आयोजना गर्छ होला । आज समाज, शिक्षक वा विद्यार्थी होइन हामी आफै गलत भैसक्यौ । छोरा छोरीले क्रिसमस, भेलेन्टाइन, न्यू यर वा बर्थ डे मनाउछु भन्दा हामी गर्व गर्छौ र उसको आवश्यकता अनुरूप रकम दिन्छौ तर सरस्वती पूजा वा अन्य धार्मिक कामको लागी भन्यो भने हामी हिचकिचाउछौ । अंग्रेजी गीत गुनगुनाउदा छोरा छोरी शिक्षित भएको मान्छौ तर :
“सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी ।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे ।

भन्दै गुनगुनायो भने गर्व गर्न खोज्दैनौ । हामी आफै गलत हुदै गयौ त्यसैले धर्म प्रचार गर्न खोज्नेहरूले प्रश्रय पाए । उनिहरूको कुरा ध्यान संग सुन्न थाल्यौ । हाम्रा बाबु बाजेका कुरालाई अंधविश्वास भन्दै पन्छाउन थाल्यौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!