ललितपुर ।
स्वतन्त्र पत्रकार संघ नेपालको ललितपुर शाखाको दोश्रो जिल्लाअधिवेशनले उपेश नौवागको अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको छ । शुक्रबार ललितपुरमा सम्पन्न संघको चौथौ साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनले उपाध्यक्षद्धयमा इश्वर श्रेष्ठ र कृष्णराज लामिछाने चुनिए । साथै सचिवमा किशोर सिलवाल, सहसचिवमा राजेश विश्वकर्मा र कोषाध्यक्षमा दीपक अधिकारी चुनिए । सदस्यहरुमा सरिता थपलिया, शंकर घिमिरे, सिलास सोप, प्रमोद ढुंगेल, मनोज सेन, सीताराम श्रेष्ठ र मनोज खड्का निर्वाचित भए ।
निर्वाचित सवैलाई संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्राटले सपथ खुवाए ।
कार्यक्रममा संघका केन्द्रिय उपमहासचिव रत्न काजि प्रजापति, केन्द्रिय कोषाध्यक्ष बद्री दुलाल, केन्द्रिय सल्लाहकार डा इन्दुल केसी, संघका काठमाडौं अध्यक्ष पुष्करराज पाण्डे, स्वतन्त्र पत्रकार कृष्ण किसी लगायतले स्वतन्त्र पत्रकारिताको महत्वबारे चर्चा गरे ।
