मुकुण्डो बनाउने तथा पेन्टिङ तालिम भोलिबाट शुरु हुदै : एक महिने तालिम निशुल्क हुने

मध्यपुर थिमि, माघ १५, २०७९ः

मध्यपुर थिमि वडा न ६ मा भोलि देखि एक महिने निशुल्क मुकुण्डो बनाउने तथा पेन्टिङ तालिम शुरु हुदैछ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरको सहयोगमा भक्तपुर घरेलु तथा साना उद्योग सघ र मध्यपुर माक्स मेकिङको सहकार्यमा उक्त तालिम सन्चालन हुन लागेको हो।

काठमांडौ, ललितपुर र भक्तपुरका गरि ्करिब १५ जना युवाहरु उक्त तालिममा सहभागि हुदै्छन। उपत्यकाका थुप्रै सांस्कृतिक महत्वका नाच एब सम्पदाहरुको लागि मुकुन्डो बनाई सकेका अनुभबी युवा सोम तामाङले तालिममा प्रशिक्षण दिनेछन। तामाङ मध्यपुर थिमिमा मास्क म्यानका रुपमा चिर परिचित हुनुहुन्छ।

नेवा समुदायका बिबिध सांस्कृतिक महत्वका नाच एब सम्पदाहरु संग प्रत्यक्ष रुपमा जोडिएको मुकुन्डो हाल बिस्तारै लोप हुदै जान थालेको छ। यहि लोपोन्मुख मुकुन्डोकला लाई जोगाई राख्ने र युवाहरुलाई रोजगारिको अबसर सिर्जना गर्ने प्रमुख उद्देश्यका साथ तालिम संचालन हुन लागेको प्रशिक्षक तामाङ्ले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!