मध्यपुर थिमि माघ १५, २०७९:
मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र ब्यबसाय गरिरहेका तर नगरपालिकामा ब्यबसाय दर्ता नभएका ब्यबसायिहरुको ब्यबसाय दर्ता अभियान शुरु गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सो अभियानको आज राधेराधेको भाटभटेनी सुपर स्टोरबाट शुरूवात गर्नु भयो। सो समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले आफ्नो नगर भित्र संचालनमा रहेका सम्पुर्ण उधोग, व्यापार, ब्यबसायलाई अनिबार्य दर्ता गराई करको दायरामा ल्याउने र नगरको बिकासको प्रक्रियामा सहभागी गराउने उद्देश्यले यो अभियान शुरु गरेको जानकारी दिनु भयो।
“तपाइँ हाम्रै कर: समृद्द मध्यपुर नगर” भन्ने मुल नाराका साथ शुरु भएको यो अभियानमा नगरपालिकाका उपप्रमुख बिजय श्रेष्ठ लगायत सम्पुर्ण जनप्रतिनिधी, कर्मचारी, उधमी ब्यबसायी र सर्बसाधारणको साथ सहयोग र सहभागिता रहने बिश्वास नगरप्रमुखको रहेको छ । नगरमा रहेका सम्पुर्ण ब्यबसायीहरुले दर्ता अभियानमा सहभागी भई नगरलाई समृद्द बनाउने अभियानमा सघाउन प्रमुख श्रेष्ठले आह्वान गर्नु भयो ।

यो अभियानमा अन्तर्गत दर्ता हुने ब्यबसायीहरुलाई आ ब २०७४/७५ भन्दा अगाडिको सम्पुर्ण ब्यबसाय कर छुटका साथै २०७४/७५ देखि अघिल्लो आब सम्म लाग्ने सम्पुर्ण जरिवाना समेत छुट हुनेछ ।
आज भाटभटेनी भवनमा संचालनमा रहेको क्यु एन्ड यु ट्रेडिङ लगायतका ब्यबसायहरुलाई स्थलगत रुपमै ब्यबसाय दर्ता गरि दर्ता प्रमाणपत्र दिइएको थियो ।
