अण्डाको मुल्य पुन समायोजन: प्रति क्रेट ४४५/- आजै देखी लागू हुने

चितवन, पुष १४, २०८०:

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको छ । संघको हिजो चितवनमा बसेको बैठकले चितवनलाई आधार मानी अण्डाको नया समर्थन मूल्य निर्धारण गरेको हो । संघले निर्धारण गरेको नयाँ मुल्य अनुसार एक्स एल अण्डाको प्रति क्रेट रु ४४५/–, ठुलो अण्डा प्रति क्रेट रु ४३०/- र मिडियम अण्डा प्रति रु ४१५/- रहेको छ । यो मुल्य आज पौष १४ गते शनिबारदेखि लागु हुने संघका सचिब मदन पोखरेलले जानकारी दिनु भयो।

 

यस अघि पुष ७ गते देखि लागु हुने गरी मुल्य समायोजन गरेको संघले हप्ता दिन पनि नपुग्दै पुन अण्डाको मुल्य समायोजन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!