अग्रज ब्यबसायी एकनारायण पौडेलद्वारा उपाध्यक्ष (थोक) पदमा आफ्नो उम्मेदबारी घोषणा

काठमाडौं, पुष १६, २०८०ः

अग्रज ब्यबसायी एकनारायण पौडेलद्वारा नेपाल पशुपंछी औषधी ब्यवसायी संघको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष (थोक) पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको छ। नौलोआयाम डटकम संग कुरा गर्नु हुदै पुर्ब केन्द्रिय सदस्य पौडेलले संघको आसन्न महाधिबेशनमा उपाध्यक्ष (थोक) पदमा आफ्नो उम्मेदबारी घोषणा गर्नु भएको हो।

करिब ३ दसकदेखि पशुपंक्षी औषधी ब्यबसायमा संलग्न रहनु भएका पौडेलले आफ्नो उम्मेदवारी घोषणा गर्दै पशुपंक्षी औषधी ब्यबसायीको हकहितको संरक्षण र उपभोक्ता अधिकारको संरक्षण आफ्नो पहिलो प्राथमिकतामा रहने बताउनु भयो।

ब्यबसायी माझ निकै लोकप्रिय पौडेल संघको राप्ति शाखाका संस्थापक अध्यक्ष हुनुका साथै बिउ ब्यबसायी संघ, दाङ जिल्ला उद्योग बाणिज्य संघ, सिटिजन्स फर्मास्युटिकल्स प्रा लि, ्हाईजिन एग्रो, एफ एम रेडियो लगायत थुप्रै सामाजिक संघ संस्थाहरुमा आबद्द हुनु हुन्छ।

सिद्दार्थ एग्रि सेन्टरका सन्चालक समेत रहनु भएका उपाध्यक्ष (थोक) पदका उम्मेदवार पौडेललेले आफु बिगत ३ दशक देखि यहि क्षेत्रमा सक्रिय रहेको बताउदै संघलाई आफु जतिको ब्यबसायी आबश्यक रहेकोले ब्यबसायीहरुले आफुलाई सहयोग गर्ने बिश्वास ब्यक्त गरे।

नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा हुन गैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!