काठमाडौं, पुष १६, २०८०ः
नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघको केन्द्रिय महाधिबेशन यहि पुस २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा हुन गैरहेको छ। सोहि अधिबेशनको लागि बर्तमान केन्द्रिय कार्यसमितिका सदस्य केशब शर्माले सचिब पदमा उम्मेदबारी दिनु भएको छ। नेपाल पशुपन्क्षी औषधि ब्यबसायी संघको बर्तमान केन्द्रिय कार्यसमितिका सचिबालय सदस्य तथा केन्द्रिय सदस्य र बागमती प्रदेश इन्चार्ज सम्मको पदिय जिम्मेबारी बहन गरिसकेका फाल्कोन भेट डिस्ट्रीब्युटर्स प्रा लि का कार्यकारी निर्देशक केशब शर्मासंग आज हामीले कुराकानी गरेका छौ। प्रस्तुत छ, नौलोआयाम डटकमका लागि सम्पादक रत्न काजि प्रजापतिले गर्नु भएको सोही कुराकानीको सारसंक्षेपः
प्रश्नः तपाइको उम्मेदवारी किन र के को लागि?
जवाफः प्रथम त नेपाल पशुपन्क्षी औषधि ब्यबसायी संघको बागमती शाखा सचिब, प्रदेश कार्यसमितिको सचिब , अध्यक्ष हुँदै केन्द्रिय सदस्य हुँदै यस संघमा सक्रिय भुमिकामा रहि तिनै तह खुद्रा, थोक र आयातमा आम ब्यबसायीहरुले भोग्नु परेका समस्या र हाम्रा निकटका औषधि ब्यबस्था बिभाग, र्पशु सेवा बिभाग लगायतका कार्यालयहरु र संस्थाहरुमा नियमित रुपमा गरिएका अभ्यास र अनुभवहरुलाई आउदा दिनहरुमा अझ प्रभाबकारी र नतिजा मुलक कार्यहरुका लागि मैले सचिब पदमा उम्मेदवारी दिएको हो।
प्रश्नः नेपालको सन्दर्भमा भेटेरिनरी औषधि ब्यबसायमा के कस्ता समस्या र चुनौतीहरु रहेका छन?
जवाफः पशुपन्क्षी औषधिका लागि फराकिलो ऐनमा ब्यबस्था नहुनु, यस क्षेत्रका बिज्ञहरुलाई पशुपन्क्षी औषधिको दर्ता वा नवीकरण गर्ने निकायमा चाहिने जनशक्तिको नियुक्ति नहुनु। यो निकै फराकिलो क्षेत्र छ, यसमा पशुपन्क्षी, मत्स्य लगायतका थुप्रै बिषयहरु छन । यसलाई अलि फरक र ब्यबहारिक ढंगले ऐनमा व्याख्या हुनु जरुरी ठान्दछु । आज एकातर्फ राज्यलाई कर तिरेर ब्यबसाय गरिरहेका ब्यबसायीहरु खुल्ला सिमानाका कारण चोरी निकासी भई आउने औषधि ए्बं खोपका कारणले मारमा परिरहेका छन, जसबाट राज्यलाई पनि ठुलो घाटा परिरहेको छ।औषधिको दर्ता प्रक्रिया पनि झन्झटिलो र लामो प्रक्रियाका कारणले गर्दा जीवन रक्षक औषधिहरुको अभाबमा पशुपन्क्षीको मृत्युु दर बद् न जा्दा किसान र ब्यबसायीहरु मारमा परिरहेका छन । यी लगायत अस्वस्थ प्रतिस्पर्धा, लिखित ऐननियम, धेरै निकायहरुमा दर्ता भै संचालिन गर्नु पर्ने समस्या, समयमा तालिम र परिक्षा नहुनु आदि समस्याहरु छन जसका लागि संबन्धित निकायमा पहल गरि समस्या समाधान गर्ने द्रृद ईच्छा हो ।
प्रश्नः ती समस्याहरुलाई कसरी समाधान गर्ने योजना छ?
जवाफः माथी उल्लेखित समस्याहरुको समाधानको लागि केही नितिगत कुराहरुमा संघकै पहलमा सरोकारवाला राज्यका निकायहरुमा विशेषज्ञ सहितको एक स्वत स्फुर्त समिति बनाई अघि बद् ने भन्ने कुरा हो, जसमा तहगत रुपमा भन्नुपर्दा जिल्ला स्तरीय सरोकारको बिषयमा जिल्लामा, प्रदेश स्तरीय नितिगत कुराहरुमा प्रादेशिक तहमा र संघीय स्तरमा बिभागमा र अन्य निकायमा सक्रिय रुपमा अघि बद् ने र बजार एब अन्य सवालमा ब्यबसायीहरु माझ नै छलफल अन्तरक्रिया र ठोस नियम वा आधार बनाई अघि बद्ने र केन्द्रिय कार्यसमितिलाई प्रदेश कार्यसमिति र जिल्ला शाखाहरुमा पनि निकटता बढाई अघि बद्नु पर्ने हुन्छ ।
प्रश्नः बिना दर्ताका औषधि , खुल्ला सिमाका कारण देखिएका ब्याबासायिक समस्याहरु अनि ब्यबसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धाको बारेमा तपाइको के भनाई छ?
जवाफः आज बास्तबमै भन्ने हो भने मापदण्ड पूरा भै उत्पादन गर्न सक्ने गुणस्तरीय औषधिहरु छिमेकी मुलुक र मध्यपुर्बिय देशमा उत्पादित औषधिहरुलाई दर्ता प्रक्रिया सहज र सरल बनाईदिने हो भने ती औषधिहरु कानुनी रुपमा दर्ता भै राज्यलाई आयको स्रोत पनि हुन्थ्यो। अब त्यसो नहुदा जीवन रक्षक तथा अत्यावश्यक औषधि चोरी छुपी भित्रीएका छन, जसबाट ब्यबसायिक प्रतिस्पर्धा पनि धमिलोपन देखिएको छ ।यसो भएमा राज्य, ब्यबसायी र उपभोक्ता सबैको कल्याण हुनेछ ।
प्रश्नः अहिले नेपालको पशुपन्क्षी औषधि ब्यबसाय निकै नै जटिल एब कठिन मोडमा पुगेको छ । तथ्यांक हेर्ने हो भने औषधीको आयात एब खपत निकै कम भएको छ । यस्तो अबस्थामा ब्यबसाय र ब्यबसायी दुबैलाई सुरक्षित पार्ने योजना के छ?
जवाफः कठिन समयमा आतिएर भन्दा पनि धैर्यता त बिबेकशिल भएर योजनाहरु अघि सार्नु पर्ने हुन्छ। बिशेष गरि समयमा खोपको ब्यबस्था नहुदा औषधिको उपलब्धतामा कमि हुनु र उत्पदित बस्तुले बजार भाउ र बजार समेत नपाउदा यो अबस्थाको सिर्जना भएको हो ।यसमा राज्य र ब्यबसायीहरु मिलेर अधि बद्नु पर्ने हुन्छ जसका लागि दीर्घकालीन उपायहरुको ठूलो लक्ष्य लिएर अघि बद्नु पर्ने देखिन्छ ।
प्रश्नः तपाई अहिले सम्मको अबस्था हेर्दा झण्डै निर्बिरोध निर्वाचित हुने अबस्था छ । यसलाई तपाईं कसरी लिनु हुन्छ ?
जवाफः मलाई त सिङो कार्यसमिति नै निर्बिरोध हुनु पर्छ भन्ने लाग्छ। हाम्रो यो ब्यबसायिक संघ हो। हामी यहा कोहि पराई र बैरी छैनौ। हामी सबैको जात ब्यबसायी हो । ब्यबसायिक हक, हित र ब्यबस्थित बजारका लागि हामी सधै सवै लागिरहेका छौ । तर अध्ययन बिषयगत ज्ञान र सामुहिक अभ्यास गर्ने र गराउने नेतृत्व नै हाम्रो आबश्यकता हो ।तथापी चुनाब एक प्रतिस्पर्धात्मक प्रणाली हुनुले निर्वाचन हुनु सामान्य कुरा हो । यो सम्पुर्ण ब्यबसायीहरुको प्रेम र बिश्वास हो भन्ने मैले बुझेको छु।
प्रश्नः अन्त्यमा तपाईं ब्यबसायी मित्रहरुलाई के भन्न चाहनु हुन्छ?
जवाफः यो महाधिवेशनले एकता र सहकार्यको सन्देश बनाई यो महाधिवेशनबाट सम्पुर्ण ब्यबसायीहरुले आफ्नो बिबेकशिलताको आधारमा आबश्यक मताधिकार प्रयोग गरि सक्षम नेतृत्व चयन गर्दै भब्य रुपमा सफल पार्न सहयोगको लागि हार्दिक अनुरोध गर्दछु।
