हल्लाको पछि नलाग्न अनुरोध
काठमाडौ , पुष १७,२०८०:
नेपाल पशुपन्क्षी औषधि ब्यबसायी संघका बर्तमान केन्द्रिय वरिष्ठ उपाध्यक्ष रितेश रिमालल्रे संघको १४ औ रास्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम नै रहेको जनाएको छ ।
निरन्तरको देश दौडाहाको कारण आफू शारीरिक रुपमा अस्वस्थ भएको कारण संघको गतिविधिहरुमा सक्रिय सहभागिता जनाउन नसकेको बताउदै रिमालले आज देखि आफू स्वस्थ भएर संघको नियमित काममा फर्कने बताउनु भयो।
नौलोआयाम डटकम सङ्ग कुरा गर्दै उहाले आफ्नो उम्मेदवारी फिर्ता बारे बजारमा चलेको हल्ला झुठो भएको भन्दै त्यस्को खण्डन गर्नु भयो। रिमालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम नै रहने बताउदै त्यस्ता हल्लाका पछि नलाग्न आफ्ना ब्यबसायी मित्र तथा शुभचिन्तकहरुलाई आग्रह गर्नु भयो।

स्मरण रहोस, आगामी महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रिमाल १ हप्ता अगाडि अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए ।हाल उहाँ स्वस्थ्य लाभ गर्दै संघको नियमित काममा फर्कदै हुनुहुन्छ ।
