सचिब पद निर्बिरोध हुने संभाबना
काठमाडौं, पुष १६, २०८०
नेपाल पशुपन्क्षी औषधि ब्यवसायी संघको केन्द्रिय महाधिबेशन नजिकिए संगै चुनाबी सरगर्मि पनि बददै गएको छ। संघको केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा हुन गैरहेको छ।
यहि अधिबेशनलाई केन्द्रित गर्दै केन्द्रिय कार्यसमितिका बिभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी नै छ। हालसम्मको उम्मेदवारी घोषणालाई हेर्ने हो भने अध्यक्ष पदमा २ जना, उपाध्यक्ष आयात तर्फ २ जना, थोक तर्फ ४ जना र खुद्रा तर्फ ३ जना रहेका छन। त्यसैगरी महासचिब पदमा २ जना, सचिबमा १ जना र कोषाध्यक्षमा २ जनाले आ आफ्नो उम्मेदवारी रहने घोषणा गरिसकेका छन।
निकै लामो समय अघि देखि नै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेर झन्डै निर्बिरोध जस्तै भैसकेका बर्तमान केन्द्रिय कार्यसमितिका बरिष्ठ उपाध्यक्ष रितेश रिमाल अनि करिब १ महिना अघि मात्रै उम्मेदवारी घोषणा गरेकी बर्तमान कार्यसमिति कै उपाध्यक्ष घन अधिकारी पाण्डे बिचको अध्यक्ष पदको प्रतिस्पर्धा सबैको प्रतिक्षाको बिषय भएको छ । संघको भवन बनाउनको लागी आफ्नो नाममा रहेको जग्गा दान गर्ने भन्दै चु्नाबी माहोललाई तरंगित बनाएकी पाण्डे, अनि आफु निकै अगाडी बदि सकेको बताउदै आफु चुनाबी मैदानबाट पछि नहटने अडानमा रहेका रिमाल बिचको प्रतिस्पर्धामा कस्ले बाजि मार्ला त? यो भने हेर्न बाकि नै छ।
त्यसैगरी ३ उपाध्यक्ष पदको लागि हालसम्म ९ जनाले उम्मेदवारी घोषणा गरिसकेको छ। उपाध्यक्ष आयात तर्फ कान्तिपुर भेट डिस्ट्रिब्युटर्सका सुना सुबेदी बडाल र सुर्या भेटेरीनरीका दिनेश कट्टेल बिच प्रतिस्पर्धा हुने लगभग निश्चित छ भने थोक तर्फ मिरर भेटका नारायण बहादुर भुजेल, सिदार्थ एग्रि सेन्टरका एकनारायण पौडेल, काभ्रे भेट सेन्टरका बिकास शर्मा तिमिल्सिना र कबिराज भट्टले आ आफ्नो उम्मेदवारी घोषणा गरेका छन। त्यसैगरी हालसम्म उपाध्यक्ष खुद्रा तर्फ अबोध राज दबादी, अर्जुन नेपाल र लक्ष्मण घिमिरेले उम्मेदवारी घोषणा गरिसकेका छन।
केन्द्रिय महासचिब पदमा हुमाकान्त काफ्ले र सादुराम ढकालको उ्म्मेदवारी आएको छ भने सचिबमा हालसम्म केशब शर्माको एकल उम्मेदवारी रहेको छ। कोषाध्यक्षमा भने राजेन्द्र थापामगर र कृष्ण प्रसाद लम्सालको उम्मेदवारी परेको छ।
केन्द्रिय कार्यसमितिको सदस्य पदको लागि रत्न कुमार बडाल र शंकर सुबेदीले आ आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन।
नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशन तथा ३३ औं बार्षिक साधारण सभा यहि पुस २४ र २५ गते चितवन जिल्लाको भरतपुरमा हुन गैरहेको छ ।