राष्ट्रिय सभा निर्वाचन : एमालेले सबै सिटमा उम्मेदवारी दिने

काठमाडौं, पुस २० गते ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भइ आएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!