सर्लाहीको बरहथवा बजार क्षेत्रमा कर्फ्यू ः शुक्रबार ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू

सर्लाही, पुस २० गते ।

जिल्ला सुरक्षा समिति सर्लाहीको आकस्मिक बैठकले सर्लाहीको बरहथवा बजार क्षेत्रमा शुक्रबार ५ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्नरोन्नतिको विषयमा शुक्रबार दिउँसोदेखि भएको प्रदर्शन चर्किएपछि सुरक्षा समितिको बैठकले स्थिति नियन्त्रणमा लिन बरहथवा बजार क्षेत्रमा साँझ ५ः३० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

घटनामा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशङ्कार साहको मृत्यु भएको छ । आन्दोलनकारीले प्रहरीले चलाएको गोली लागेर उहाँको मृत्यु भएको दाबी गरे पनि प्रहरीले अझै पुष्टि गरेको छैन ।

प्रदर्शनमा क्रममा नगरपालिकाको कार्यालय र नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि हवाई फायरिङ र अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

तस्बिर : जनार्जन खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!