काठमाडौं, पुष २१, २०८०ः
नेपाल पशुपन्क्षी औषधी ब्यबसायी संघको आसन्न १४ औ केन्द्रिय महाधिबेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनु भएका शंकर सुबेदीले खुद्रा र थोक ब्यबसायीको हकहितको रक्षा र संरक्षण आफ्नो पहिलो प्राथमिकतामा रहेने बताउनु भएको छ।
नौलोआयाम डटकम संग कुरा गर्नु हुदै उहाले हाल बजारमा चलिरहेको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गरी ब्यबसायिक मर्यादा कायम गर्न पहल गर्ने बताए। अहिले बजारमा आयातकर्ता तथा बितरकले बिभिन्न माध्यमबाट सिधै अन्तिम प्रयोगकर्तासम्म प्रोडक्ट उपलब्ध गराउदा थोक तथा खुद्रा ब्यबसायीहरु संकटमा परेको सुबेदीले बताए। केन्द्रिय सदस्य पदका उम्मेदवार शंकर सुबेदीले आफुले यहि ब्यबसायबाट आर्जन गरेको करिब दुई दशकको अनुभबलाई यहि क्षेत्रमा प्रयोग गने चाहेको बताए।
संघको बागमति शाखाको अध्यक्षको भुमिका सफलतापुर्बक निभाई सकेका सुबेदी किर्तिपुर स्थित शुभलक्ष्मी भेट फर्माका संचालक हुनुहुन्छ साथै बिभिन्न सामाजिक संघ संस्थामा आबद्द हुनुहुन्छ।
संघको १४ औ केन्द्रिय महाधिबेशन यहि पुष २४ र २५ गते भरतपुर चितवनमा सम्पन्न हुदैछ।