काठमाडौं, पुष २१, २०८०ः
नेपाल पशुपछीं औषधी व्यवसायी संघको २३ औं वार्षिक साधारण सभा तथा १४ औँ राष्ट्रिय महाअधिवेसन चितवन भरतपुरमा यही मिति २०८० पौष २४ र २५ मा सम्पन्न हुँदैछ । देशभरिका पशुपन्छी पालक कृषक र व्यवसायी मित्रहरुको लागि जोखिम मोलेर व्यवसायमा लगानि गरेर औषधि जन्य वस्तु स्वदेशमा उत्पादन र भित्र्याएर जुन रुपमा रोजगार दिनु भएकोछ, यसको लागि अग्रज व्यवसायीहरु धन्यवादनको पात्र हुनुहुन्छ ।
आजको वास्तविकता उहाँहरुको सहयोगबाट नै आज सम्म यो संघ अगाढि बढ्न सकेको छ । उहाँहरु लगानी र उत्पादनको प्रयोगमा हामी एक हुनु जरुरी छ । उहाँहरुको योगदान सँगै विभिन्न पदमा आदरणीय अग्रजको उम्मेदवारी घोषणासँगै बजारका “रे” गफमा २२ जिल्ला र ७ वटा प्रदेशबाट प्रतिनिधि भई हामी सहभागि भई प्रतिनिधिको रुपमा जाँदै गर्दा मेरो पहिलो प्रश्न मैले चयन गर्ने र पूर्व नेतृत्वकर्तालाई पहिलो प्रश्न यो छ कि, वास्तविकतामा के हामी औषधि व्यवसायी यो महाधिवेशन प्रतिनिधि भएका छौँ त?, नेपाल भरिका औषधि व्यवसाय, दुरुदराजमा रहेको हामी सेवा ग्राही, विधिवत रुपमा ऐन नियम पालना गरी दर्ता भएका या त स्थानीय निकायमा दर्ता, प्यान नं. लिई कारोवार गरे, व्यवसायलाँई कसरी सम्बोधन गर्न सक्छौँ त?
मेरो दोस्रो प्रश्न, हामीले विभिन्न कम्पनिका औषधिजन्य वस्तु विक्री वितरण गर्दै गर्दा कारोवार वृद्धिलाई ध्यानमा राख्दै, हामीले डेरी, कोल्डस्टोर, पोल्ट्रीफर्म, दाना पसल, घुम्ती पसलमा औषधि, फिड सप्लीमेन्ट विक्री वितरण गर्दै गर्दा त्यसको अनुचित प्रयोगबाट औषधिले काम गर्न छोडेको अवस्था र लगानिको जोखिम त्यसको प्रभाव वारेमा हाम्रो नैतिकता, ऐक्यबद्धता खै? पुराना व्यवसायी, जो दिन रात व्यवसाय गरेर सेवा पुर्याएका व्यवसायिक धनीको यस संघमा उपस्थिति हुन नसक्नु या आउन नचाहनु को कारण के ?
मेरो तेस्रो प्रश्न, बजारमा पशुपन्छी उपचारमा प्रयोग हुने औषधि बजारमा पाउँदैन या त कानुनी रुपमा बन्देज भएका औषधि व्यवसायिक रुपमा विक्रि वितरण गर्दा यसबाट बेला बखत पर्ने समस्याको लागि हामी के गर्न सक्छौँ त ? जुन औषधि पशुको जीवन रक्षाको लागि आवश्यक छ ।
कारोवारको शिलसिलामा म्याद गएका औषधीको व्यवस्थापन वारे हामी के गर्न सक्छौ, र जानाजानी व्यवसायीको लगानी असफल गराउने कार्यहरु पनि व्यापक छ । जानाजानी समान मगाएर, गोदाममा राखी म्याद सकाउने, आर्थिक रुपमा तहसनहस गराउने कार्य पनि हुने गरेका छन् । प्रमुख चुनौति भनेको किसान र व्यवसायीसँग गैरकानुनी रुपमा व्यापार गर्ने केही व्यापारि प्रति हाम्रो कदम के हुने हो? जब यस संघका नेतृत्व बीच एक आपसमा व्यवसायिक प्रतिस्पर्धाभन्दा पनि व्यक्तिगत आरोपमा देख्दा हामी प्रतिनिधि साथी अन्यौलमा रहेका छौँ । आर्थिक प्रभावको वलमा जो कोहिले समानहरु ल्याएर बेच्ने कार्यमा यो संघको धारणा के छ ? बजार अस्तव्यस्तु हुनुको मुल कारण पनि एक हो ।
यसर्थ यो १४ औं राष्ट्रिय महाधिवेशनमा हामी प्रतिनिधिले नेतृत्व चयन गर्दा वाकसमा भोट हाल्ने क्रममा एक पटक आफ्नो विबेककै प्रयोग गरेर मतदान गरौ। यो नेतृत्व हारेपनि, हाम्रो स्वाभिमान उच्च रहोस्, जसरी जथाभावी औषधिको प्रयोगले आज रोगहरु हावी भएका छन् त्यसैगरी जवरजस्ती चुनेका नेतृत्वले हामीलाई दास बनाउने छन् ।
अन्तमा हामी प्रतिनिधिको माग नयाँ नेतृत्वले डुब्दै गरेको व्यवसाय र पलायन हुँदै गरेका किसानको हक, हित र बजारमा स्वच्छ प्रतिस्पर्धा र व्यवसाय सञ्चालनमा एकरुपता साथै आवश्यक औषधि सम्पूण व्यवसायीको काउन्टरमा उपलब्ध होस।
जय किसान / जय पशुधन //