नेपाल हयाचरी उद्योग संघको अध्यक्षमा लक्ष्मीदास मानन्धर निर्वाचित

काठमाडौं, पुष २०, २०८०ः

नेपाल हयाचरी उद्योग संघको अध्यक्षमा लक्ष्मीदास मानन्धर निर्वाचित हुनु भएको छ। संघको आज काठमाडौंमा सम्पन्न भएको १७ औ बार्षिक साधारणसभाबाट मानन्धर अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका हुन।

संघको बरिष्ट उपाध्यक्षमा राजेन्द्र लामिछाने , प्रथम उपाध्यक्षमा डा बलराम किसी र दित्तिय उपाध्यक्षमा बलराम सन्जेल निर्वाचित भएका छन। संघको महासचिव पदमा ज्ञानवहादुर बिसुराल, सचिबमा बिबेक भट्ट र कोषाध्यक्षमा नवराज पौडेल निर्वाचित भएका छन।

त्यसैगरी संघका सदस्यहरुमा बिष्णुप्रसाद रिमाल, बोधराज निरौला, गोविन्द खड्का, परशुराम अधिकारी, धातानन्द कडेल, मनिराज नौनियाल, कपिलबाबु खनाल, मोहम्मद रिजवान अहमद, नारायण गिरी र युवराज अधिकारी निर्वाचित भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!