हेटौँडा, पुस २१ गते ।
हेटौँडा उपमहानगरपालिका–१० सःमिल रोडस्थित हरिओम अटो मोबाइल पार्टस् पसलमा आगलागी भएको छ । स्थानीय हरिवंशप्रसाद गुप्ताको अटो मोबाइल पसलको भित्र शनिबार बिहान आगलागी भएको हो ।
हेटौँडा उपमहानगरपालिको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पसलमा लागेको आगो बिहान १०ः५५ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो के कसरी लागेको र भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।