चितवन, पुष २२, २०८०ः
नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३ औं वार्षिक साधारण सभा चितवनमा हुने भएको छ । नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघद्वारा आयोजित पत्रकार सम्मेलनमा यहि पुष २४ र २५ गते चितवनको भरतपुरमा संघको साधारणसभा तथा अधिवेशन हुने जनाएको हो ।
आजको आवश्यकता, व्यवसाय प्रवर्द्धनमा व्यवसायिक ईमान्दारीता भन्ने मुल नाराका साथ संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारण सभा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा हुने संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले जानकारी दिनु भयो ।
उक्त साधारणसभा्मा नेपाल सरकार मातहतका बिभिन्न निकाय, विभिन्न संघ सस्थाका प्रतिनिधी , संघको ७ प्रदेश र २२ शाखाबाट आउने महाधिवेशन प्रधिनिधी, कम्पनी प्रतिनिधि, परिवेक्षक, सघ सस्था प्रतिनिधि एवं नियमनकारी निकायहरुबाट गरि करिव १००० को उपस्थिति रहनेछ ।
उक्त महाधिवेशनबाट १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष, १ महिला सदस्य, ४ खुल्ला सदस्य र सातै प्रदेशबाट ७ जना, १ मनोनित सदस्य साथै निवर्तमान अध्यक्ष पदेन रहने गरी कुल २१ सदस्यीय कार्य समितिको आगामी २ वर्षे कार्यकालका लागी निर्वाचित हुने छन् ।उक्त राष्ट्रिय महाधिवेशनमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल औषधि पैठारीकर्ता संघ, नेपाल औषधि उत्पादक संघ, स्वदेशी तथा विदेशी औषधि कम्पनीका प्रतिनिधीहरु, पत्रकारहरु, सुरक्षा निकाय, स्वयं सेबक, परिवेक्षक लगायतका उल्लेखनीय सहभागीता रहने छ ।
