“नेपाल भाषा तथा लिपि संरक्षण र सम्बर्द्धन गर्न मध्यपुर थिमि नगरपालिका तयार छ ।” मेयर सुरेन्द्र श्रेष्ठ

मध्यपुर थिमि, पुष २८,२०८०::

नेपाल लिपि गुथिको आयोजना तथा मध्यपुर थिमी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रचलित नेपाल लिपि तथा रन्जना लिपि प्रशिक्षण सफलतापुर्बक सम्पन्न गरेका प्रशिक्षार्थी एवं नेपाल प्रचलित लिपि तथा रन्जना लिपिको प्रशिक्षक प्रशिक्षणमा सफलता प्राप्त गरेका प्रशिक्षार्थी हरुलाई मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आज पुस २८ गते शनिबार जन आदर्श क्याम्पसमा प्रमाणपत्र बितरण गर्नु भयो ।

नेपाल लिपि गुथि, मध्यपुर थिमिको आयोजनामा सन्चालन भएको सो प्रमाणपत्र वितरण कार्यक्रम गिथिका अध्यक्ष बिरकाजी नज्राचार्य, बिक्कीले गरेका थिए । नेपाल भाषा तथा लिपि संरक्षण र सम्बर्द्धन गर्न मध्यपुर थिमि नगर्पालिका तयार भएको बताउनु हुँदै मेयर श्रेष्ठले नेपाल लिपि गुथी मध्यपुर थिमिले गरेका कार्यको सह्राना गर्नु भयो । नेपालमा लोकतान्त्रिक व्यवस्था स्थापना भए पछि भाषिक रुपमा नेपाल भाषाको अधिकार कुन्थित भएको बताउनु हुँदै नेपाल लिपि गुथि, मध्यपुर थिमीका उपाध्यक्ष एवं नेवा: देय दबु, उपत्यका समितिका सचीव हरिबहादुर श्रेष्ठले कक्षा ११, १२ मा पनि नेपाल भाषाको अध्यापन गराउनु पर्ने, नेपाल भाषाको ऎच्छिकमा अन्य भाषा नै राख्नु पर्ने, मध्यपुर थिमिमा सबै विद्यालयमा नेपाल भाषा अध्यापन गराइनु पर्ने, सोको लागि नेपाल भाषा प्रशिक्षक प्रशिक्षण सन्चालन गरिनु पर्ने नताउनु भयो ।

नेपाल लिपि गुथी काठमाडौका अध्यक्ष एवं नेपाल भाषा प्रशिक्षक अनिल स्थापितले नेपाल भाषा प्रशिक्षणको महत्व नताउनु भयो । त्रिवि नेपाल भाषा बिभाग प्रमुख राजनलाल जोशिले मध्यपुर थिमिका कला संस्कृतिको विषयमा अध्ययन अनुसन्धान गरिनु पर्ने र यस्को संरक्षण र सम्बद्धन गरिनु पर्ने बताउनु भयो । नेपाल लिपि गुथी, थिमिकचाका सचीव बिभुषण कायस्थले सन्चालन गर्नुभएको सो कार्यक्रममा नेवा:देय दबुका अध्यक्ष बाबुकाजी श्रेष्ठ, जन आदर्श क्याम्पसका प्रमुख एवं न्ह्यज्या खल: थिमिका पुर्व अध्यक्ष दुर्गा मोहन श्रेष्ठ, शंखधर प्रतिष्ठानका पुर्व अध्यक्ष श्याम मानन्धर लगायतका ब्यक्तित्वहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!