१२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुर्यबिनायक नगरपालिकाका प्रमुख वासुदेव थापाद्धारा उद्घाटन

सुर्यबिनायक, भक्तपुर, २७ पुष, २०८०ः

भक्तपुर जिल्लामा आजबाट जिल्लाव्यापी १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद बिकास समिति भक्तपुरले सूर्यविनायकस्थित खेल मैदानमा आयोजना गरेको प्रतियोगिताको प्रमिख अतिथि सुर्यबिनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उदघाटन गर्नु भयो।
उद्द्घाटन समारोहलाई सम्बोधन गर्नु हुदै प्रमुख थापाले खेलकुदबाटै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिने बताउनु भयो ।

विद्यालयस्तरबाटै खेलकुदको बिकास हुनु राज्यकै लागि उपलब्धी भएको भन्दै उहाँले यस प्रकारको प्रतियोगिताले खेल जगतमा होनहार खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । स्थानीय सरकारले खेलकुदको बिकासमा बजेटको व्यबस्था गर्नुपर्नेमा जोड दिदै उहाँले सूर्यविनायक नगरपालिकाले खेलकुदको बिकासका लागि बजेटको व्यबस्थापन गर्दै आएको बताउनुभयो ।

बिशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले नेपालमा पछिल्लो समय खेलकुदको बिकासले फड्को मारेको बताउदै भक्तपुरमा हुने खेलकुदका गतिबिधिले यस जिल्लाको छुट्टै पहिचान बनाएको बताउनुभयो ।

कार्यक्रममा जिम्न्याष्टिक संघका केन्द्रिय सदस्य एवं नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले राज्यले खेलकुदबाट खेलाडीलाई बाँच्नसक्ने आधार बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जन्मिरहेको बताउदै
उहाँले भक्तपुर जिल्ला खेलकुद बिकास समितिले भक्तपुरको खेलकुदलाई पछिल्लो समय क्रियाशिल बनाउदै आएको चर्चा गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दिपक थापाले जिल्लाका चारवटै नगरपालिकामा यसवर्ष सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरि समयमै जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न सफल भएको बताउनुभयो । उहाँले भक्तपुर जिल्लाको खेलकुदको बिकाससंगै खेल मैदान, आफ्नै भवनका लागि समितिले सफलतापूर्वक कार्य गर्दै आएको बताउनुभयो ।

कार्यक्रम अनुसार भलिबल खेल सूर्यविनायक युवा क्लबको खेल मैदानमा, कबड़ी खेल लिवाली कबर्ड हलमा, उसु र कराते देकोचास्थित कबर्ड हलमा, तेक्वाण्डो खेल जिल्ला तेक्वाण्डो संघको कबर्ड हलमा र एथलेस्टिक नलिन्चोकस्थित संकटा हलमा हुनेछ।

प्रतियोगितामा कूल ६ वटा खेलमा ७५२ जना खेलाडी प्रतिस्पर्धामा रहेको उहाँले बताउनुभयो । यहीँ २९ गते हुने समापन कार्यक्रममा विजेतालाई रनिङ शिल्ड तथा अन्य उपविजेता, प्रथम, द्धितिय तथा तृतिय र उत्कृष्ट खेलाडीलाई ट्रफी, शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!